Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

सत्ताच्यूत भएर बिदेसिएपछि शेख हसिनाको पहिलो प्रतिक्रिया सार्वजनिक

प्रतिक्षा खबर
२०८१ श्रावण ३१, बिहीबार ०१:४६

काठमाडौँ । बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएर बिदेसिएकी शेख हसिनाले समग्र घटनाक्रमबारे पहिलो पटक प्रतिक्रिया जनाएकी छन् । उनको प्रतिक्रियालाई छोरा साजीव वाजिदले सामाजिक सञ्जालमा पोस्ट गरेका हुन् ।

शेख हसिनाले बंगलादेशमा भएको हिंसात्मक घटनाको छानबिन गरी दोषीलाई सजाय दिन माग गरेकी छन् । उनले आफ्नो पिता एवं बंगलादेशका संस्थापक शेख मुजीबुर राहमानको प्रतिमा तोडफोडमा संलग्नमाथि पनि कारबाहीको माग गरेकी छन् ।

शेख हसिनाले १५ अगस्ट १९७५ मा आफ्ना पिता मुजीबुर रहमानसहित परिवारका अन्य सदस्यको हत्या गरिएको स्मरण पनि गराएकी छन् । उनले १५ अगस्टका दिन राष्ट्रिय शोक दिवस मनाउन पनि माग गरेकी छन् ।

शेख हसिनाले १५ अगस्ट १९७५ मा मारिएका कयौँ स्वतन्त्रता सेनानी, सैन्यकर्मी र उनीहरूका परिवारप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेकी छन् ।

उनले पछिल्लो घटनाक्रमबारे भनेकी छन्, ‘गत जुलाइदेखि लिएर अहिलेसम्म आन्दोलनको नाममा भएको तोडफोड, आगजनी र हिंसाका घटनामा हाम्रो देशका कयौँ निर्दोष नागरिकको मृत्यु भएको छ । विद्यार्थी, शिक्षक, गर्भवती महिला, पुलिस अधिकारी, पत्रकार, कार्यकर्ता, नेता, अवामी लिगका कार्यकर्ताहरू आतंकवादी हमलाको सिकार भएका छन् । म उनीहरूप्रति दुःख व्यक्त गर्दछु र उनीहरूको आत्माको शान्तिको कामना गर्दछु ।’

आफूलेजस्तै आफ्ना प्यारा मान्छे गुमाउँदाको दुःख झेलेर बाँचिरहेकाप्रति उनले गहिरो समवेदना प्रकट गरेकी छन् । उनले लेखेकी छन्, ‘म ती जघन्य हत्या र तोडफोडको घटनामा जिम्मेवार मानिसको पहिचान गर्न र उनीहरूमाथि कानुनी कारबाहीका लागि जाँच गर्न माग गर्दछु ।’

उनले आफ्नो एकमात्र उद्देश्य बंगलादेशका पीडित नागरिकको मुहारमा मुस्कान ल्याउनु नै रहेको उल्लेख गर्दै यसमा सकारात्मक नतिजा पनि आइरहेको थियो भनेकी छन् । बंगलादेश अहिले विश्वासको विकासशील मुलुकको बिचमा सम्मानजनक स्थितिमा रहेको उनको भनाइ छ ।

‘धेरै दुःखका साथ भन्नुपर्छ कि आज सबैकुरा खरानीमा परिणत भएको छ । ती याद हाम्रो जीवनरेखा थिए, तिनलाई जलाएर खरानी बनाइएको छ । यो राष्ट्रपिताप्रतिको घोर निरादर हो, जसको नेतृत्वमा हामीले आफ्नो स्वाभिमान, आफ्नो पहिचान र आफ्नो स्वतन्त्र मुलुक प्राप्त गरेका थियौँ,’ उनले भनेकी छन्, ‘यो लाखौँ सहिदको रगतको अपमान हो ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर