Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

हालसम्म नेपालका ४० वटा हेलिकप्टर दुर्घटना

प्रतिक्षा खबर
२०८१ श्रावण २३, बुधबार १५:४०

काठमाडौँ । काठमाडौँबाट रसुवाको स्याफ्रबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ स्थित गुर्जेमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डीएसपी तिलक भारतीले पुष्टि गरेका छन् ।

चालकसहित ५ जना सवार हेलिकप्टरमा थप एक जनाको अवस्था भने यो समाचार तयार गर्दासम्म अज्ञात छ । घटनालगत्तै सेनाको हेलिकप्टर घटनास्थलमा पुगेको छ भने प्रहरी र सेनाका साथै स्थानीय समेत उद्धारमा खटिएका छन् ।

नेपाली आकाशमा हेलिकप्टर दुर्घटना योसहित ४० वटा भइसकेको छ । नागरिक उड्ययन प्राधिकरणका अनुसार २७ डिसेम्बर १९७९ मा लेटाङमा भीभीआईपी हेलिकप्टर दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका थिए ।

यस्तै त्यसपछि २७ अप्रिल १९९३ मा हिमालयन हेलिकप्टर लेटाङमै दुर्घटना हुन पुग्यो । यद्यपि सो दुर्घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।

पछिल्लो पटक मनाङ एयरको हेलिकप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो । ११ जुलाई २०२३ मा भएको उक्त दुर्घटनामा ६ जनाले ज्यान गुमाएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर