Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

सरकार चलाउन कर्मचारीहरुले असहयाेग गरेकाे मुख्यमन्त्रि राउत

प्रतिक्षा खबर
२०७६ फाल्गुन २३, शुक्रबार १२:१३

संघीय सरकार मातहतका कर्मचारीले असहयोग गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रमुख तिलक परियारसँग गुनासो पोखेका छन ।
विकास निर्माण सँग सम्बन्धित उपभोक्ता समितिको गत वर्षको बक्यौता रहेको करीब ८७ करोड रुपैयाँ भुक्तानीमा कर्मचारी बाधक बनेको भन्दै मुख्यमन्त्री राउतले प्रत्यक्ष भेटेर कर्मचारीसँग सहज वातावरण बनाई दिन प्रदेश प्रमुख परियारलाई आग्रह गरेका छन् ।
मुख्यमन्त्री राउतसँगै प्रदेशसभाका सभामुख सरोज यादव र न्यायधिवक्ता दीपेन्द्र झाले बिहीबार बिहान प्रदेश प्रमुख परियारसँग करिब ४५ मिनेट भेटवार्ता गरेका छन् ।
प्रदेश सरकार र प्रदेशसभा दुबैले गत वर्षको भुक्तानी गर्न निर्णय गरेपनि कर्मचारीका असहयोगले समस्या झाँगिएको उनीहरुले प्रदेश प्रमुखसँग कुरा राखेका छन ।
‘प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता भएको हो । फागुन ३० गते बस्ने प्रदेश सभाका बारेमा उनीहरुबीच वार्ता भएको छ,’ प्रदेश सरकार र प्रदेश सभा प्रमुखले कर्मचारीसँग सहजीकरण गराई दिन आग्रह गरेको भन्ने कुरा प्रदेश प्रमुख परियारका स्वकीय सचिव पदम् विश्वकर्माले संचारकर्मीसँग कुरा बताएका छन ।
भुक्तानी नगरे संघीय सरकारविरुद्ध धर्नामा बस्ने चेतावनी दिइसकेका मुख्यमन्त्री राउतले कर्मचारीको गुनासो बोकेर पहिलो पटक प्रदेश प्रमुखकहाँ पुगेका हुन् । मुख्यमन्त्री राउतले कर्मचारीका असहयोगका कारण भुक्तानी रोकिएको र त्यसै कारणले प्रदेशसभाको बैठक सुचारु हुन नसकेको प्रदेश प्रमुखलाई बिफ्रिङ गरेका छन् ।
गत आर्थिक वर्षमा प्रदेश सरकारका ५ वटा विकासे मन्त्रालयले उपभोक्ता समितिमार्फत सम्पन्न गरेका ८ सय १४ वटा योजनाको भुक्तानी रोकिएको छ । भदौ यता ७ महिना प्रदेश सरकार र प्रदेशसभा दुवै निकायले भुक्तानी झमेला सल्टाउन प्रयास गरे पनि सम्भव हुन सकेको छैन ।
प्रदेश सरकारका प्रमुख सचिव रामकृष्ण सुवेदी भने भुक्तानी मामिलामा बोल्नै चाहँदैनन्। उनले भुक्तानीमा कर्मचारीले कहाँ असहयोग गरयो, त्यो मुख्यमन्त्री र मन्त्रीहरुले भन्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर