Advertisement
ताजा खबर
पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै रवि लामिछाने भारततर्फ प्रस्थान

☰

लोसपा फुटदै

प्रतिक्षा खबर
२०८१ श्रावण ३, बिहीबार २०:४२

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालभित्रको विवाद टुंगिएको छैन । पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई मन्त्री बनाएपछि लोसपामा विवाद उत्पन्न भएको हो ।

भण्डारीलाई मन्त्री बनाएपछि पार्टी सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले असहमति जनाउँदै विद्रोह गरेका छन् । उनले पार्टी विभाजन गर्नेगरी आक्रोश पोख्दै आएका छन् । उनी पार्टीका नेताहरूसँग छलफलमा समेत जुटेका छन् । पार्टीमै रहने कि अलग हुने भन्ने विषयमा नेताहरूसँग छलफल गरिरहेको उनले बताए ।

सहअध्यक्ष शुक्लाले भने, ‘साथीहरूसँग छलफल गरिरहेको छु । त्यहाँबाट जे सुझाव आउँछ, त्यो अनुसार अगाडि बढ्छु ।’ उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिएपछि पार्टीमै रहेर संघर्ष गर्ने वा अलग हुने भन्ने विषयमा निर्णय लिने बताए । प्रधानमन्त्री ओलीले यही साउन ६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिने छन् । त्यसपछि लुम्बिनी र मधेस प्रदेशका नेताहरूसँग छलफल गरेर निर्णय लिने उनले बताए ।

यस्तै शुक्ला निकट महासचिव मुकेश झाले पार्टीबाट अलग हुने  सबै प्रक्रिया लगभग पुरा भएको बताए । उनले नेता तथा कार्यकर्ताको सुझाव पनि त्यस्तै आउने बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर