Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट छ : प्रधानमन्त्री

प्रतिक्षा खबर
२०८१ असार ११, मंगलवार १२:३२

१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा परराष्ट्र मन्त्रालयको मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘नेपाल सरकार नेपाल-भारतको सुगौली सन्धि १८१६ बमोजिम लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा दृढ र स्पष्ट छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

आफूले भारत भ्रमणका क्रममा नेपाल-भारत सीमा समस्या समाधानको विषयमा भारतीय समकक्षीसँग विषय राखेको र सकारात्मक प्रतिक्रिया पाउँदै आएको बताए ।

नेपालको सीमाका विषयमा नेपालीहरुका बीचमा अभुतपूर्व राष्ट्रय सहमति कायम रहेको पनि उनले बताए ।

‘नेपालको अन्तराष्ट्रिय सीमाबारे सम्मानित सदन, माननीय सदस्यहरु, नेपाल सरकार र हामी सबै नै स्पष्ट र दृढ छौं । यस विषयमा हाम्रो अभुतपूर्व राष्ट्रय सहमति कायम भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने । यसको उदाहरण २०७७ असार ४ गते संविधान संशोधनमार्फत नयाँ नक्सा समेटी नेपालको निसान छाप अद्यावधिक गरिनु रहेको उनले बताए ।

तर, नयाँ नक्सा अनुसारको भूभागमा नेपालको भोगाधिकार स्थापित हुन नसकेको भनेर प्रश्न उठ्दै आएको छ । जवाफमा प्रधानमन्त्री प्रचण्डले नेपाल-भारतका दुई पक्षीय संयक्र क्रियाशिल गराएर समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर