Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी
☰

प्रदेश २ मा मन्त्री तथा प्रदेश कमिटी हेरफे हुँदै

प्रतिक्षा खबर
२०७८ कार्तिक १५, सोमबार १९:२३

जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरु प्रदेश २ को अस्थायी राजधानी जनकपुर पुगेका छन् । अध्यक्ष यादवसहित जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादव, कार्यकारिणी सदस्य राजकिशोर यादवलगायतका नेताहरु सम्मिलित बैठक जनकपुरमा बसिरहेको छ ।
तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भएपछि बनेको जसपाले प्रदेश समिति समायोजन गर्दा कात्तिक १५ गतेसम्मका लागि तदर्थ समिति बनाएको थियो । आज जसपा प्रदेश २ समितिलाई पूर्णता दिन बैठक बसेको हो ।
यसअघि जसपा नेपालका कार्यकारिणी सदस्य एवं प्रदेश २ का अर्थमन्त्री विजय यादव प्रदेश समितिको अध्यक्ष थिए । प्रदेश कमिटी हेरफेर गर्ने भएपछि उनले असोज २४ गते नै अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले राजीनामा दिए पनि तत्कालका लागि जसपा प्रदेश २ को तदर्थ समिति गठन गरी कात्तिक १५ गतेसम्मका लागि उनलाई अध्यक्षकै जिम्मेवारी दिइएको थियो ।
जसपा प्रदेश २ का प्रदेशसभा सदस्य रामअषिश यादवले प्रदेश समितिको बारेमा छलफल गर्न शीर्ष नेताहरुको बैठक बसेको बताए । प्रदेश २ समितिमा कसलाई अध्यक्ष बनाउने भन्ने विषयमा शीर्ष नेताहरुले नै निर्णय गर्ने उनको भनाइ छ ।
त्यस्तै, प्रदेश २ सरकारमा सामेल जसपाका मन्त्रीहरु पनि हेरफेर हुने बताइएको छ । जसपाका एकजना कार्यकारिणी सदस्यका अनुसार प्रदेश २ सरकारमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आउने भएपछि जसपाले मन्त्री हेरफेर गर्न लागेको हो ।
नेकपा (एकीकृत समाजवादी) बाट प्रदेश २ सरकारमा एकजना मन्त्री र एकजना राज्यमन्त्री जाने सहमति भएको छ । एउटा मन्त्रालय र अर्को राज्यमन्त्री लिएपछि नेकपा (एकीकृत समाजवादी) ले महत्त्वपूर्ण मन्त्रालयको माग गरेको छ ।
त्यसका लागि जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश राय यादव र कृषि राज्यमन्त्री योगेन्द्र राय यादवलाई राजीनामा दिन भनिसकेको स्रोतले जनाएको छ । यद्यपि हालसम्म उनीहरु राजीनामा दिन तयार भएका छैनन् ।
उद्योग मन्त्री रामनरेश राय यादवले सरकारमा राम्रो काम गर्न नसकेको गुनासो पार्टीमा व्याप्त छ । प्रदेश २ सरकारमा सबभन्दा कमजोर कार्य प्रगति उद्योग मन्त्रालयको रहेको कारण उनलाई हटाएर नेकपा (एकीकृत समाजवादी) लाई सो मन्त्रालय दिने तयारी भइरहेको छ ।
केन्द्रीय सरकारमा जसपाका कार्यकारिणी सदस्य महेन्द्र राय यादव मन्त्री भएपछि उनकै पक्षमा रहेका रामनरेश राय यादव प्रदेश सरकारमा रहनु हुँदैन भनेर पार्टीमा कुरा उठ्न थालेको छ ।
उनी आफूलाई मन्त्रीमा कायम राख्न अध्यक्ष उपेन्द्र यादवसँग कुरा गर्न भन्दै केही दिनदेखि काठमाडौंमा बसेका थिए । उनले अध्यक्ष यादवलगायत शीर्ष नेताहरुलाई भेटेर प्रदेश सरकारको अब धेरै समय बाँकी नरहेकाले आफूलाई नहटाउन आग्रह गरेको एक नेताले बताए । अध्यक्ष यादव आइतबार तराई मधेसतर्फ प्रस्थान गरेसँगै मन्त्री रामनरेश राय यादव पनि जनकपुर फर्केका छन् ।
हुन त प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको कार्यप्रगति पनि सन्तोषजनक छैन । उनको बारेमा पनि पार्टीका पटकपटक कुरा उठेको हो । कुनै कारणवश रामनरेश राय यादवले राजीनामा दिन मानेनन् भने नवलकिशोर साहलाई हटाउने सम्भावना रहेको पनि स्रोत बताउँछ । तर उनी तत्कालीन राजपाका नेता राजेन्द्र महतोको साथ छाडेर जसपामा बसेका कारण उनलाई हटाउन नमिल्ने एकथरीको दाबी छ । उनी पनि काठमाडौंमा पार्टीका अध्यक्षसहित शीर्ष नेताहरुलाई भेटेर हालै फर्किएका हुन् ।
मन्त्रीहरु नवलकिशोर साह र रामनरेश राय यादवले सरकार छाड्न नमाने सामाजिक विकास मन्त्रालयबाट शिक्षा मन्त्रालय अलग गरेर स्वास्थ्य मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिने विषयमा पनि छलफल भइरहेको स्रोतको भनाइ छ ।
हाल बाँकी रहेको सामान्य प्रशासन तथा कानुन मन्त्रालय र वातावरण मन्त्रालयमध्ये कुनै एउटामा रामनरेश राय यादव वा नवलकिशोर साहमध्ये एकजनालाई सारेर उता नेकपा एकीकृत समाजवादी पार्टीलाई दिने विषयमा पनि छलफल भइरहेको छ ।
त्यस्तै, कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको बारेमा पनि पार्टीका थुप्रै गुनासो आइरहेको छ । उनको काम पनि सन्तोषजनक नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले पार्टीमा गुनासो गरेपछि उनलाई हटाउने तयारी भइरहेको एक नेताको दाबी छ । राज्यमन्त्री योगेन्द्र राय यादवलाई हटाएपछि कृषि राज्यमन्त्री, सामाजिक विकास राज्यमन्त्री र उद्योग राज्यमन्त्री गरी तीनवटा खाली हुनेछ । अर्थात् जसपाले दुईजना मन्त्री र तीनजना राज्यमन्त्री नियुक्त गर्न सक्छ ।
त्यसका लागि थुप्रै आकांक्षी शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् । सम्भवतः आजै मन्त्री तथा प्रदेश समितिको बारेमा टुङ्गो लगाइने छ । प्रदेश २ जसपा अध्यक्षका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह आकांक्षी छन् । उनलाई प्रदेश समितिको अध्यक्ष बनाउने सम्भावना प्रवल रहेको स्रोतले जनाएको छ ।
प्रदेश अध्यक्ष बन्नका लागि काठमाडौं आएर अध्यक्षसहित शीर्ष नेताहरुलाई भेटेर उनी आइतबारमात्र काठमाडौंबाट फर्केका छन् । सोमबार मन्त्रीको बारेमा टुङ्गो नलागेको खण्डमा प्रदेश कमिटीको मात्र भए पनि टुङ्गो लगाउने तयारीका साथ नेताहरु छलफलमा जुटेका छन् ।

 

 

 

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर