Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

दलालीको चरमोत्कर्षमा प्रादेशिक अस्पताल, सुरेश यादव

प्रतिक्षा खबर
२०८१ जेष्ठ १०, बिहीबार ०८:५९

जनकपुर । जेठ ९ साँझ ९ बजे म जनकपुरधामस्थित प्रादेशिक अस्पताल पुगेको थिएँ । मेरी सासुआमा लिभर क्यान्सरको बिरामी हुन् । तीन वर्षदेखि उनको उपचार भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भइरहेको थियो । बिरामी स्वयम् र परिवारजनलाई रोगवारे जानकारी हुँदासम्म अप्रेशन हुनै नसक्ने स्टेजमा पुगिसकेको रहेछ । केमो थेरापी लगायत अन्य प्रविधिबाट उपचार गर्दागर्दै पनि लिभर कामै नलाग्नेगरी खराब भइसकेको अवस्थामा डन्डिस भन्ने अर्को रोगले ग्रस्त हुन पुगे । अब झन् बिरामीलाई बचाउन सक्ने थोरै आधार पनि नदेखेपछि चिकित्सकले घरमै लगेर डन्डिस निको हुने औषधी खुवाउन र केही सुधार भएपछि पुनः अस्पताल ल्याउन भनेर घर पठाइदिएको थियो । त्यसको दुई दिनपछि जेठ ९ गते करिब साढे १२ बजेको समयमा अचानक पेट फुलेको समस्या देखियो । मेरो सालोले फोनगरी सोधे, कहाँ जाउँ ? के गरौँ ? मैले तत्काल प्रादेशिक अस्पतालको इमेरजेन्सीमा लगेर भर्ना गर्न सुझाएँ ।
त्यसको केही वेरपछि म पनि अस्पताल पुगेँ । चिकित्सकका सहयोगी स्वास्थ्यकर्मीहरुले स्लाइन लगाउँदै थिए । म एक छिन बसेर अन्य कामका लागि बाहिर निस्केँ । साँझ करिब ९ बजे पुनः अस्पताल पुगेँ मेरा एक जना साथी सन्तोष यादवलाई सँगै लिएर । अस्पतालमा पुग्ने बित्तिकै कुरुवा बसेकी मेरी श्रीमतिले लिभरले काम नगर्ने भएपछि शरीरको विकार निस्किन पेटमा सेट गरिएको पाइप मिसप्लेस भएको र त्यसलाई यहाँ मिलाउन नसकिने भएकोले भरतपुर क्यान्सर अस्पताल नै लग्नुपर्ने बताइन् । मलाई विश्वास लागेन यति जाबो काम पनि जनकपुरमा सम्भव नहोला भनेर । मैले हो र ? यति काम पनि यो अस्पतालमा सम्भव छैन ? भनेर अस्पतालका उपनिर्देशक डा.केडी दासलाई सोधेँ । उनले यसवारेमा त्यहाँस्थित उपचारमा रहेका स्वास्थ्यकर्मी र डाक्टरसँग सोध्नुपर्ने बताए । मैले बुझ्नुहोस् र छ भने तत्काल काम होस् नभए बाहिर लग्छौं भनेर फोन संवाद टुंग्याएँ ।
डा.दाससँग फोनमा कुरा गरिसकेपछि इमेर्जेन्सी कक्षमा कार्यरत एक जना स्वास्थ्यकर्मी (कन्ठी पहिरिएका पुरुष) सँग सोधेँ, यहाँका सिफ्ट इन्चार्ज को हो ? उहाँले यो अस्पतालमा सिफ्ट इन्चार्ज कोही नभएको जवाफ दिनुभयो । त्यसो भए डाक्टर को हुनुहुन्छ भनेर सोध्दा डा.अजित सिंह भन्दै उनलाई देखाइदिए । म डा.सिंहसँग कुरा गर्न खोज्दा उनी राम्रोसँग कुरा गर्न मान्नुभएन । मलाई इग्नोर गरेको जस्तो महसुस भयो । त्यसपछि मैले फेरी उहाँलाई बिरामीको समस्या र समाधानको उपायवारे बुझ्न खोज्दा उनको ध्यान मसँगै उभिरहेका साथी जसले हाम्रो संवादलाई मोबाइल फोनको क्यामेरामा कैद गरिरहेका थिए उनी तर्फ पुग्यो । उनले झम्टेर साथीको हातबाट मोबाइल फोन खोसेर प्रहरीलाई थमाइदिए र हामीमाथि तथानाम गर्दै नराम्ररी प्रस्तुत हुन थाले । यसरी कि अस्पतालमा डाक्टरले काम गरेपनि नगरेपनि उनलाई कसैले केही सोध्न नहुने, निगरानी गर्न नहुने हो ।
प्रहरीसँग मैले मोबाइलमा भिडियो लिएकै भरमा अन्यथा लिन नहुने भन्दै बरु म वा डाक्टर मध्ये कसले बदमासी व्यवहार देखाएको हो भन्ने पत्ता लगाउन पनि भिडियो सहायक हुने भएकोले त्यसलाई सुरक्षित राख्न अनुरोध गरेँ । डाक्टर र प्रहरीले भने जसरी पनि त्यो भिडियो डिलिट गर्नतिर लागिपरे । त्यसै क्रममा नोकझोंक भयो । मैले बिरामीलाई उपचार गर्ने जिम्मेवारी लिएर अस्पतालमा काम गर्ने डाक्टरलाई तोकिएको जिम्मेवारी वहन गर्न अनुरोध गरिरहेँ । डाक्टर अजित सिंह र प्रहरीले भने मलाई जसरी पनि नियन्त्रणमा लिन प्रयास गरिरहयो ।
मैले डा. दासलाई दोहोर्याएर फोन गर्दा अघिल्लो फोनमा रिसिभ गर्ने बित्तिकै के छ सुरेश जी भनेर सम्बोधन गरेका उनले दोस्रो पटक फोन गर्दा को बोलेको ? को बोलेको भनेर सोधिरहे मात्रै । अरु केही रिसपोन्स गरेनन् । जिल्ला प्रहरी प्रमुख एसपी भुवनेश्वर तिवारीलाई फोन गरेँ । एसपी तिवारीले प्रहरीसँग बुझ्छु भनेर फोन काटे । त्यसपछि जानकी प्रहरी चौकीबाट चौरसिया थर भएको एक जना असई अस्पतालमा पुगेर मलाई नियन्त्रणमा लिए । माथिको आदेश भन्दै मेरो केही सुन्न तयार भएनन् उनी । डा.अजितले भने अनेकतिर फोन घुमाउँदै मेरो वारेमा अनावसनाव बोलिरहेको सुनिरहेँ ।
जानकी प्रहरी चौकीमा पुगेपछि मलाई असई चौरसियाले अपराधीजस्तै व्यवहार गरे । करिब १५ मिनेट पछि राति करिब ११ बजेतिर सई सन्तोष बुढा आए र मलाई पुनः अस्पतालमा फर्केर नजाने शर्तमा रिहा गरेको सुनाए । मेरी श्रीमति र सासुआमा अनि बच्चाहरु रहेको अस्पतालमा म किन जान नपाउने भनेर सोध्दा उनले पनि माथिको आदेश सुनाए । आखिर माथि को हुन् र के को भरमा यस्तो आदेश दिइरहयो मैले थाहा पाउन सकिन । सोही बीचमा म प्रहरी नियन्त्रणमा रहेको सन्देश फेसबुक मार्फत सार्वजनिक गर्न भ्याइसकेको थिएँ ।
एकछिनपछि दाई विरेन्द्र कर्ण, साथी सुशिल कर्ण लगायत करिब २०÷२१ जना युवाहरु जानकी प्रहरी चौकीमा आइपुगे । उनीहरु त्यहाँ पुग्नु अगावै मलाई छोड्न कागज लेखिदै थियो । मलाई उक्त कागजमा सही गर्न प्रहरीले भन्यो । मैले सही गर्छु तर, त्यो पेजको फोटो खिच्न पाउनुपर्ने शर्त राखेँ । प्रहरीले फोटो खिच्न दिएन । म पनि अडानमा कायम रहेपछि सही नगरिकनै मलाई जाने अनुमति दियो ।
म अस्पतालमा फर्केर पुग्दा मेरी श्रीमति र सालाहरु यति भयभित भइसकेका थिए कि म एकछिन पनि अस्पतालमा नरुकौंँ । मलाई तुरुन्त त्यहाँबाट निस्किन सबैले कर गरिरहे । बरु आमा मरोस् तर म झगडा गर्दिन भन्दै मेरी श्रीमतिले थप केही नबोल्न दबाव दिइरहिन् । त्यतिकैमा पत्रकार दाई अनिल कर्ण र साथी सुशिल कर्ण लगायत अन्य साथीहरु अस्पतालमा पनि पुगे । मेरो परिवारका सबैजना डाक्टर र प्रहरीहरुको रबैया देखेर एकछिन पनि त्यहाँ बस्न मानिरहेका थिएनन् । म बाहिर निस्किँए । एकछिनपछि उनीहरुले पनि बिरामीलाई लिएर मेरो जनकपुरको थापा चोकस्थित घर पुगे, भोली बिहानै भरतपुरको क्यान्सर अस्पताल जाने योजना सहित ।
मैले समग्रमा अस्पतालमा के देखेँ त भन्दा, त्यहाँका डाक्टरहरुले कि त बिरामी उसको निजी अस्पतालमा गइदियोस् नभए जसरी पनि बाहिर जान बाध्य होस् । अर्थात् सरकारी अस्पतालमा काम गर्ने डाक्टरहरु निजी अस्पतालका लागि दलाली गर्ने प्रवृति चरमसीमामा पुगेको देखियो । प्रादेशिक अस्पताल जहाँ वर्षेणी सरकारको करोडौँ करोड लगानी भइरहेको छ, त्यहाँको अवस्था दैयनीय छ । लगानीको अनुपातमा बिरामीले स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।
मैले जहिले पनि सम्पर्कमा आउनेलाई स्वास्थ्य सेवाका लागि प्रादेशिक अस्पतालमै जान कर गरिरहन्थे । तर, धेरैले त्यहाँ बिरामीलाई वास्ता नहुने, डाक्टरहरुले इमान्दारीपुर्वक स्वास्थ्य सेवा नदिनेगरेको गुनासो गर्दा यतिसम्मको भोगाइ नभएसम्म म पत्याइरहेको थिइँन । तर, आज म आफै बिरामीको आफन्त भएर जब अस्पतालमा पुगेँ अनि जे देखेँ यसले कि त म जस्ता सञ्चारकर्मी र सचेत नागरिकहरुले योजनाबद्ध रुपमा अपराध विरुद्ध आवाज उठाउनुपर्ने हो नभए देश छाडेर पलायन हुनुपर्ने बोध भएको छ । आजको मेरो भोगाई जीवनकै तितो अनुभव रहयो । अब पनि नबोले म जस्ता व्यक्ति कहिले बोल्ने ? धत् ∕

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर