Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

हसिनाविरुद्ध अर्को मुद्दा दायर

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २०:१९

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को पनि मुद्दा दायर भएको छ । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनका क्रममा रंगपुरमा अटो–रिक्सा चालक मानिक मियाको मृत्यु भएको थियो ।

उनको हत्याको आरोपमा सोमबार हसिनाविरुद्ध  हत्यासम्बन्धी थप मुद्दा दायर भएको हो । यो मुद्दामा हसिनाको साथमा आवामी लिगका महासचिव, पूर्वगृहमन्त्री, पूर्ववाणिज्यमन्त्री पूर्वआईजीपी र सेवानिवत्त भइसकेका रंगपुर महानगरीय प्रहरी आयुक्तको पनि नाम मुछिएको छ ।

मानिक मियाकी आमाले सोमबार साँझ कूल १९ जनाविरुद्ध सो मुद्दा हालेकी थिइन् । मुद्दामा हसिनालाई मुख्य आरोपी भनिएको छ । अदालतले मुद्दालाई स्वीकार गर्दै यसलाई एफआईआरको रुपमा व्यवहार गर्न आदेश दिएको छ । योसँगै हसिनाविरुद्ध दायर भएको मुद्दाको सङ्ख्या २३ पुगेको छ ।

उनीमाथि १९ वटा हत्या, एउटा अपहरण र तीन वटा मानवता विरोधी अपराध अनि नरसंहारको आरोपमा मुद्दा दायर भएको छ । व्यापक विरोध प्रदर्शनका बिचमा अगस्ट ५ मा राजीनामा दिएर हसिना भारत भागेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर