Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

हसिनाविरुद्ध अर्को मुद्दा दायर

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २०:१९

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को पनि मुद्दा दायर भएको छ । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनका क्रममा रंगपुरमा अटो–रिक्सा चालक मानिक मियाको मृत्यु भएको थियो ।

उनको हत्याको आरोपमा सोमबार हसिनाविरुद्ध  हत्यासम्बन्धी थप मुद्दा दायर भएको हो । यो मुद्दामा हसिनाको साथमा आवामी लिगका महासचिव, पूर्वगृहमन्त्री, पूर्ववाणिज्यमन्त्री पूर्वआईजीपी र सेवानिवत्त भइसकेका रंगपुर महानगरीय प्रहरी आयुक्तको पनि नाम मुछिएको छ ।

मानिक मियाकी आमाले सोमबार साँझ कूल १९ जनाविरुद्ध सो मुद्दा हालेकी थिइन् । मुद्दामा हसिनालाई मुख्य आरोपी भनिएको छ । अदालतले मुद्दालाई स्वीकार गर्दै यसलाई एफआईआरको रुपमा व्यवहार गर्न आदेश दिएको छ । योसँगै हसिनाविरुद्ध दायर भएको मुद्दाको सङ्ख्या २३ पुगेको छ ।

उनीमाथि १९ वटा हत्या, एउटा अपहरण र तीन वटा मानवता विरोधी अपराध अनि नरसंहारको आरोपमा मुद्दा दायर भएको छ । व्यापक विरोध प्रदर्शनका बिचमा अगस्ट ५ मा राजीनामा दिएर हसिना भारत भागेकी थिइन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर