• गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि
No Result
View All Result

pratikshakhabar. pratiksha khabar
Pratiksha Khabar
No Result
View All Result

खुला सीमा बन्द गर्नुपर्ने सांसदको माग


खुला सीमा बन्द गर्नुपर्ने सांसदको माग

२८ माघ, काठमाडौं । सांसदहरुले नेपाल–भारत खुला सीमाका कारण राष्ट्रिय सुरक्षामै असर गरेको भन्दै बन्द गर्न माग गरेका छन् ।
खुला सीमाकै कारण मानव तस्करी, लागू पदार्थ ओसारपसार निरन्तर भइरहेको, रोहिङ्ग्या लगायतका शरणार्थी समूह नेपाल आएको र पछिल्लो समय नेपालीहरु रुस र युक्रेन युद्धमा पुगेको उनीहरुले बताएका छन् ।
जवाफमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने खुला सीमा बन्द गर्ने निर्णय तत्काल गर्न नसक्ने बताएका छन् ।
आइतबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिले विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको कुटाकुटबारे छलफल गर्न गृहमन्त्रीलाई बोलाएको थियो । छलफलका क्रममा सांसदहरुले खुला सीमाको विषय पनि उठाएका छन् ।
नेकपा एमालेका सांसद रघुजी पन्तले खुला सीमाका कारण भएका समस्याहरु सुनाए । ‘नेपालभित्र जो आएर बसे पनि हुने जस्तो छ’, उनले भने, ‘रोहिङ्ग्या शरणार्थीहरुलाई एउटा गिरोहले नेपाल ल्याउँछ । उनीहरु पनौतीमा बसेका छन् ।
खुला सीमाकै कारण विदेशबाट समलिंगी तेस्रो लिंगीहरु समेत नेपालमा आएर दुःख दिइरहेको उनले बताए । ‘पत्यार लाग्दैन भने न्यूरोड जानुहोस्’ उनले अगाडि भने, ‘उनीहरुले पाखुरा समातेर, ब्याग खोल्न लगाएर बलजफ्ती असुल गरिरहेका छन् ।
भृकुटीमण्डपमा आफू यस्तो घटनाको प्रत्यक्षदर्शी हुन पुगेको उनले सुनाए । ‘आरआर क्याम्पस अगाडि एउटा किताब पसलमा म छु । एउटा आयो, पसलेले पैसा दिएपछि गयो’, पन्तले भने । पैसा किन दिएको भनेर सोध्दा पसलेले ‘नदिए मनपरी गाली गरेर सराप्न थाल्छन् । त्यसपछि सारा मान्छे भीड हुन्छ र हेर्न थाल्छ । त्यो सुन्नुभन्दा केही दियो र पठायो’, भनी जवाफ पाएको उनले सुनाए ।
नेपाल–भारत खुला सीमाकै कारण माग्न समेत नेपाल आएको भन्दै एमाले सांसद पन्तले भने, ‘स्वयम्भुमा माग्नेहरुको तीन पुस्ता देखाइदिन्छु । हजुबुबा हजुरआमा, छोरा, बुहारी र नाति नातिना समेत माग्न बसेको हुन्छ ।
नेपालबाट भएका महिला तस्करीमा समेत खुला सीमाको प्रयोग भएको भन्दै उनले भने, ‘जो आएर जे गरे पनि हुने हो ? अब बोर्डर खुला राख्नु हुँदैन ।’
सन् १९५० को सन्धि विपरीत भारतले एकतर्फी रुपमा नेपालीहरुसँग परिचयपत्र माग्ने गरेको भन्दै उनले गम्भीर रुपमा निर्णय लिन सरकारलाई आग्रह गरे । भारतले चाहेको बेला कडाइ गर्ने गरेको भन्दै उनले भने, ‘हामीले चाहिँ किन नगर्ने ?’
राप्रपाका सांसद बुद्धिमान तामाङले पनि खुला सीमाको फाइदा उठाएर नेपालमा तेस्रो लिंगीहरु आएको र नेपालीहरुलाई दुःख दिइरहेको गुनासो गरे ।
‘ठमेलतिर त्यस्तै छ । गोपीकृष्ण हल एरियामा समेत बेलुकी ९ बजेपछि हिड्न गाह्रो छ’ उनले अगाडि भने, ‘तेस्रोलिंगीले मान्छेलाई दुःख दिएर हैरान गर्छन् ।
उनले रोहिङ्ग्याहरु कपन एरियामा समेत रहेको बताए । उनले प्रश्न गरे, ‘त्यस एरियामा को आएर बसिरहेको छ भन्ने नेपाल सरकारको जानकारीमा छ कि छैन ?’
उत्तरी (चीन) सीमाबाट समेत अवैध रुपमा विदेशीहरु नेपाल भित्रिरहेको बताए । तर अनुहार लगायतका कारण उनीहरुलाई सहजै चिनिने गरेको तामाङले सुनाए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लले नेपाल अवैध कारोबारको हब बन्दै गएको बताए । सीमा नियन्त्रित नभए अवैध कारोबार अझ बढ्ने र यसले नेपालको अर्थतन्त्रमा समेत असर पार्ने उनको बुझाइ छ ।
नेपालमा अवैध कारोबार मौलाए छिमेकी मुलुकहरु प्रभावित हुनसक्ने र त्यसलाई देखाएर नेपालसँगको सम्बन्धमा थप आशंका गर्ने अवस्था आउन सक्ने उनको चिन्ता छ ।
‘जुनसुकै कोणबाट हेर्दा पनि खुला सीमा नेपालको सन्दर्भमा कमजोरी बन्दैछ । यसलाई तत्काल नियन्त्रित गर्नुपर्ने देखिन्छ’ उनले भने, ‘केही नभएपछि नेपाल र भारत आवत जावत गर्नेहरुको रेकर्ड राखौं ।
एमाले सांसद पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारितामा जोड दिए । सीमा, विमानस्थल, भिसा लगायतलाई सम्बोधन गर्ने गरी राष्ट्रिय सुरक्षा नीति बन्नुपर्ने उनले बताए ।
त्यस्तो नीति सँगसँगै सीमा क्षेत्रमा पर्याप्त चेकजाँच केन्द्र बनाउनुपर्नेमा उनको जोड छ । एमाले उपमहासचिव गुरुङले भने, ‘एउटा स्पष्ट नीतिका साथ अगाडि बढ्ने र पर्याप्त चेक प्वाइन्टहरु सीमा क्षेत्रमा राख्ने हो भने धेरै समस्याहरु हल हुन्छन् ।
सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले सीमामा समस्या रहेको स्वीकार गरे । तर, सांसदहरुले भने माग गरेजस्तो तत्काल नेपाल भारत खुला सीमा बन्द गर्ने निर्णयमा सरकार पुग्न नसक्ने जवाफ दिए ।
नेपाल भारत सीमा खुला सीमा बन्द गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको भएपनि कुनै पनि सरकारले निर्णय गर्न सक्ने अवस्था नभएको उनले बताए । ‘हामीमध्ये ककसले कतिबेला के–के भन्यो हौला, तर सरकारको तर्फबाट म नेपाल र भारतको बोर्डर क्लोज गरिन्छ भन्ने स्थितिमा छैन ।
तर खुला सीमाका कारण भएका समस्याहरुलाई गम्भीरतापूर्वक लिएको उनको दाबी छ । साथै भारतीय पक्षले नेपालीहरुसँग परिचयपत्र माग गरेको विषयमा परराष्ट्र मन्त्रालयसँग समेत संयुक्त छलफल भएको उनले जानकारी दिए ।
‘ओपन हुनुको अर्थ नियन्त्रणमा ध्यान नदिने भन्ने होइन । यसको निम्ति कूटनीतिक ढंगबाट कुरा गर्नुपर्छ । हामी कुरा गरिरहेका छौं’, गृहमन्त्री श्रेष्ठले भने, ‘उहाँहरुले हाम्रा नागरिकको परिचयपत्र माग्नुहुन्छ भने हामीले किन नमाग्ने ?
तर सरकारले एकपक्षीय निर्णय नगर्ने उनले बताए । कूटनीतिक सम्वादबाटै सीमा समस्याको सम्बन्धमा निष्कर्षमा पुग्न निरन्तर पहल गरिरहेको उनको दाबी छ

News Desk

News Desk

प्रतिक्षा खबर डटकम || सल्लाह सुझावको लागि सम्पर्क नं. ९८४४५१००५० || इमेल नं. [email protected]

यो पनि पढ्नुहोला !

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध
अन्तर्राष्ट्रिय

एकडारा–१ मा आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन, वडामै सहज स्वास्थ्य सेवा उपलब्ध

२८ माघ २०८०, आईतवार
अन्तर्राष्ट्रिय

दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द

२८ माघ २०८०, आईतवार
सीके राउतलाई विपक्षी दलको बैठकमा जोड्ने प्रयास
अन्तर्राष्ट्रिय

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

२८ माघ २०८०, आईतवार
अन्तर्राष्ट्रिय

यूएईमा रहेका नेपालीलाई सामाजिक सञ्जालमा अफवाह नफैलाउन दूतावासको आग्रह

२८ माघ २०८०, आईतवार
Next Post
अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

अफताब आलमको मुद्दामा साक्षी झिकाउन आदेश

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप

क्यानडाविरुद्ध नेपाल ९ विकेटले विजयी, सिरिज क्लिनस्वीप


            प्रतिक्षा खबर डटकम
   सोनामा गाउँपालिका-१ महोत्तरी
             शाखा कार्यालय
  रामगोपालपुर नपा-५, महोत्तरी
      सम्पर्क नं.९८४४५१००५०
                  इमेल  नं. :
[email protected]
        [email protected]

हाम्रो बारेमा

संचालक: उषा यादव
सम्पादक: नागेन्द्र कुमार यादव
सम्पर्क नं: ९८००८१६९९३
सल्लाहकार : अशाेक कु. यादव
सम्पर्क मो. नं. ९८५१२१६९३४
कार्यकारी स-सम्पादक
गोपाल झा

हाम्रो टीम

दशरथ भणडारी, जलेश्वर
सम्पर्क मो. नं. : ९८१७८३७८२५

बन्दना झा, सर्लाही
सम्पर्क मो. नं. : ९८४४४४४९६३

श्याम शुन्दर शशी, लहान
सम्पर्क मो. नं. : ९८५२८२३०५२

विरेन्द्र कुमार साह, जनकपुर
सम्पर्क मो. नं. : ९८१७८५१४६३

  • Privacy Policy

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh

No Result
View All Result
  • गृहपृष्ठ
  • प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ वाणीज्य
  • शिक्षा/स्वास्थ्य
  • अन्य
    • खेलकुद
    • विचार
    • विज्ञान/प्रविधि

© २०७६ प्रतिक्षा खबर सर्वाधिकार सुरक्षित || Designed By || Surendra Singh