Advertisement
ताजा खबर
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि
जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री दुई नयाँ मन्त्री थपिए : उद्योगमा गौरीकुमारी र श्रममा रामजी नियुक्त सीमा क्षेत्रमा रहेको मन्दिरमाथि तनाव: भारतीय पक्षको ‘अल्टिमेटम’पछि स्थानीयको चिन्ता बढ्यो पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, ग्यासको मूल्य पनि बढ्यो हाजरी जमानिमा छुटे पुर्बप्रधानमन्त्री ओलि

मधेश केन्द्रित दल : चुनावका लागि तयार

प्रतिक्षा खबर
२०८२ कार्तिक ७, शुक्रबार १८:५८
७ कात्तिक, काठमाडौं । सरकारले फागुन २१ मा प्रतिनिधिसभाको चुनाव गर्ने घोषणा गरेपछि चुनावी कार्यतालिका बनिसकेको छ । तर, चुनावका लागि आवश्यक मुख्य सरोकारवाला राजनीतिक दलहरू भने अझै पूर्ण रुपमा तयार भइसकेका छैनन् ।

यस्तै मनस्थितिमा मधेश केन्द्रित दलहरू पनि छन् । तराई क्षेत्र अन्य चुनावहरूमै पनि सुरक्षाका हिसाबले बढी संवेदनशील मानिन्थ्यो । अहिले जेनजी आन्दोलनपछि त झन् त्यहाँ सुरक्षा चिन्ता थपिएको छ ।

यो कुरा मधेश केन्द्रित दलहरूको पनि मुख्य सरोकार छ । सरकारबाट निर्धारण गरेको मितिमा चुनावमा जानका लागि मधेस केन्द्रित दलहरू तयार रहेका छन् । तर उनीहरूले चुनावमा सहभागी हुन शान्ति सुरक्षा प्रत्याभूति गराउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीले आव्हान गरेको दलहरूको बैठकमा मधेश केन्द्रित दलहरूले चुनावमा जान तयार रहेको तर सरकारले शान्ति सुरक्षाको व्यवस्था मिलाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्री कार्कीले आव्हान गरेको बैठकमा मधेस केन्द्रित दलबाट जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी थिए । लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, जनमतका नेता चन्दन सिंह बालुवाटार पुगेका थिए ।

बैठकमा सहभागी नेताहरूका अनुसार  जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीले विगतमा उठाएका मुद्दाहरू सम्बोधन नगरी हुने चुनावको औचित्य नरहेको बताएका थिए ।

वर्तमान संविधान जारी हुँदा पुनर्लेखनको हुनुपर्ने बताइरहेका यादवले निर्वाचनबाट नभाग्ने बताएका थिए ।

यादवले बैठकमा राखेको धारणा बारे बैठकमा सहभागी एक नेताले सुनाए, ‘यो निर्वाचन त गरे हुन्छ । हामीले उठाएका मुद्दाहरू सम्बोधन नहुने गरी भएका चुनावको अर्थ छैन । निर्वाचनको लागि सरकारले वातावरण बनाउन नसकेको उहाँको विचार थियो ।’ निर्वाचन क्षेत्र जनसंख्याको आधारमा तय हुनुपर्ने माग आफ्नो दलको रहेको जसपा नेपालका प्रवक्ता मनिष सुमनले बताए ।

चुनावका लागि जसपा नेपाल तयार रहेको तर मतदाताकहाँ जाने वातावरण सरकारले बनाउन नसेको जसपा नेपालको ठहर छ । जेनजी आन्दोलनको दोस्रो दिन लुटिएका हतियार र कारागारबाट भागेका कैदी फिर्ता नहुँदासम्म चुनावी वातावरण नबन्ने जसपा नेपालका प्रवक्ता सुमन बताउँछन् ।

‘सरकारले निर्वाचन गराओस् हामी चुनावप्रति सकारात्मक छौं । सुरक्षाकर्मीका हतियार लुटिएका छन् । फरार कैदीहरू फर्केका छैनन्,’ सुमन भन्छन्, ‘दलहरूको मनोबल बढाएर चुनाव गर्न सक्यो भने न सरकार सफल हुने हो । त्यसका लागि सरकारलाई साथ दिन जसपा नेपाल तयार छ । शान्ति सुरक्षाको प्रत्याभूति  हामीले खोजेका छौं ।’ फरार कैदी र सुरक्षाकर्मीका हतियार बाहिर हुनुले निष्पक्ष चुनाव हुनेप्रति आशंका रहेको जसपा नेपालको भनाइ छ ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीपनि निर्वाचनमा जान तयार देखिन्छ । जसपाले संसद् पुनर्स्थापनाको पक्षमा आफ्नो दल नरहेको स्पष्ट पारेको छ । जसपाका नेता राजेन्द्र श्रेष्ठ चुनावका लागि प्रमुख चुनौती सुरक्षाको प्रत्याभूति रहेको बताए । सरकारले शान्ति सुरक्षा चुस्त दुरुस्त रहेको दलहरूलाई आश्वस्त पानुपर्ने जसपाका नेता श्रेष्ठ बताउँछन् । ‘शान्ति सुरक्षा कायम राख्नु मुख्य कुरा हो । चुनावका लागि आर्थिक व्यवस्थापन भएकै छ ।’

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावका लागि तम्तयार रहेको जनाएको छ । जेनजीको समेत चुनावमा सहभागी हुने गरी निर्वाचनको वातावरण बनाउने दायित्व सरकारको रहेको जनमतले जनाएको छ । प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गरेर चुनावी वातावरणका लागि पहल गर्नु सकरात्मक रहेको जनाउँदै जनमतका महासचिव चन्दन सिंहले भने, ‘चुनावी माहोल ल्याउन सरकारले छिटो पहल गर्नुपर्दछ । सरकार, दल र जेनजी समूहगत छलफल गरेर चुनाव हुने वातावरण छिटो गराउनुपर्छ ।’ विदेशमा रहेकाहरूको मताधिकार समेत सुरक्षित हुने गरी सरकारले पहलकदमी लिनुपर्ने सिंह सुझाव दिन्छन् ।

निर्वाचन आयोगले चुनावको तयारी गर्न १२० दिन (४ महिना) लाग्ने बताउँदै आएको छ । सरकारले तोकेको मिति अनुसार निर्वाचनको समय आउन करिब साढे चार महिनाको अवधि छ । यस अवधिभित्र चुनावमा जाने विश्वासिलो आधार सरकारले निर्माण गरोस् भन्ने मधेश केन्द्रित दलको माग छ ।

जेनजी प्रदर्शनको दोस्रो दिन लुटिएका एक हजार भन्दा बढी हतियार र कैदी बन्दी फिर्ता नहुँदा मधेशसहित देशभर चुनावी असर पर्ने मधेसीकेन्द्रीत दलहरूको चिन्ता छ । ‘दलहरूले चुनावका लागि मत माग्ने अवस्था हुनुपर्छ । दलका नेताहरू चुनावमा भोट माग्न ढुक्क भएर जाने स्थिति हुनुपर्छ,’ जनमतका महासचिव सिंह भन्छन् ।

महन्थ ठाकुर नेतृत्वको लोसपाले शान्ति सुरक्षा कायम हुनुपर्ने शर्त अघि सारेको छ । सरकारले चुनाव केन्द्रित सुरक्षाको प्रत्याभूति गर्न नसकेकोप्रति लोसपाको चिन्ता छ ।

दलहरू बिना डर मतदाताकहाँ पुग्न नसक्ने अवस्थाले अन्योल र आशंका रहने लोसपाका महासचिव मनिष मिश्र बताउँछन् । लोसपालाई पनि बाहिर आएका हतियार र फरार कैदीको भयले चुनाव वातावार नबन्ने आशंका छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर