Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

हनुमान मन्दिरको पर्खाल भत्काएको विरोधमा चक्काजाम गरी स्थानियद्वारा विरोध प्रदर्शन

प्रतिक्षा खबर
२०७९ चैत्र २३, बिहीबार ०९:३९

पिपरा गाउँपालिकामा चारलेन सडकमा रहेको संकट मोचन हनुमान मन्दिरको पर्खाल भत्काएपछि स्थानीयले चक्काजाम गरी विरोध प्रदर्शन गरेका छन् ।
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले स्थानीय प्रशासनको सहयोगमा वडा नम्बर–४ स्थित संकट मोचन हनुमान मन्दिरको परिसरमा अवस्थित रामेश्वर नाथ महादेवको लिङ्ग, राजर्षि जनक पुस्तकालयलगायतका पुरातात्विक सम्पदाहरु भत्काएपछि स्थानीयबासी विरोध प्रदर्शनमा उत्रेका हुन् ।
सडक विभागले ८२ फिट सडक निर्माणको क्रममा हनुमान मन्दिर परिसरमा रहेको रामेश्वर नाथ महादेवको लिङ्ग, राजर्षि जनक पुस्तकालयलगायतका पुरातात्विक सम्पदाका पर्खालहरु भत्काएको हो ।
स्थानीयले मन्दिरको पूर्वपट्टि मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्रको निजी जग्गा रहेकोमा त्यसलाई विकल्पको रुपमा प्रयोग गर्दा मन्दिर र मन्दिरको पर्खाल भत्काउनुपर्ने आवश्यकता नरहेपनि प्रदेश प्रमुखकै निर्देशनमा तोडफोड गरिएको आरोप लगाएका छन् ।
स्थानीय प्रशासनले सडक निर्माणका लागि भन्दै मन्दिर नै भत्काउनु हिन्दूहरुको आस्थाको केन्द्रमाथि प्रहार गरेको स्थानीयको आरोप छ । मन्दिरका महन्थ राम दास बाबाको मञ्जुरीसमेत नलिई जबर्जस्ती तोडफोड गरिएको उनीहरुले आरोप लगाएका छन् ।
हनुमान मन्दिर परिसरमा रहेको रामेश्वर नाथ महादेवको लिङ्ग, राजर्षि जनक पुस्तकालयलगायतकाहरुको पूर्ननिर्माणका लागि भर्खर मात्र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, मधेस प्रदेश सरकार र पिपरा गाउँपालिकालेसमेत आर्थिक सहयोग गरेको थियो ।
यसैबिच, आफ्ना गाउँठाउँको पुरातात्विक सम्पदाहरुमाथि प्रहार गरिएको विरोधमा तोडफोड गर्न रोक लगाउँदा महोत्तरी प्रहरीले स्थानीय विनित पाण्डे, अरविन्द साह र लक्ष्मी भन्ने एक युवतीलाई पक्राउ गरेको छ ।
यता, गाउँपालिका अध्यक्ष यादवले सर्वदलीय बैठकबाट निर्णय गरी विकास निर्माणको काममा अवरोध नगर्ने हिसाबले मन्दिरको पर्खाल मात्र भत्काइएको बताएका छन् ।
उनले सडक विभागले सडकको मध्यविन्दुबाट २५ मिटर दायाँ बायाँका संरचनाहरु भत्काउने हिसाबले संकट मोचन हनुमान मन्दिरको पर्खाल भत्काएको जानकारी दिए । उनले यसमा कुनै अवरोध नरहेको दाबी गरेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर