Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

जन्ती र गाउँलेबीच झडप, ३ जना घाइते १० जना प्रहरी नियन्त्रणमा

प्रतिक्षा खबर
२०७९ फाल्गुन ६, शनिबार १७:२२

ण६ फागुन, वीरगञ्ज,उषा यादव । वीरगञ्ज महानगरपालिका–२४ रामगढवामा शुक्रबार राति जन्ती र गाउँले पक्षबीच झडप भएको छ । झडपमा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार झडपमा परी वीरगञ्ज महानगरपालिका–२४ रामगढवाका ४० वर्षीय शम्भुप्रसाद कुर्मी, २० वर्षीय अर्जुनप्रसाद पटेल, ३६ वर्षीय रामबहादुर पटेल घाइते भएका छन् ।
वीरगञ्जको नारायणी अस्पतालमा सामान्य उपचारपछि उनीहरुलाई थप उपचारका लागि बाराको प्रसौनीस्थित एलएस न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
झडपमा संलग्न भएको आशंकामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । रामगढवाकै १८ वर्षीय अर्जुन पटेल, राज पटेल, विकास पटेल, सिदु पटेल, आलोक पटेल, साजन पटेल, बाराको फेटा गाउँपालिका–१ बस्ने २६ वर्षीय अरविन्द पटेल, १९ वर्षीय मनु पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दस्पक गिरीले जानकारी दिए ।
सडक छेउमा मोटरसाइकल पार्किङ गरेको विषयमा विवाद भई झडप भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । ‘गाउँका मानिसहरुले सडक छेउमा मोटरसाइकल पार्किङ गरेका रहेछन्, त्यसले गर्दा जन्ती आएको गाडी छिर्न सकेनछ’, उनले भने, ‘त्यही विषयमा विवाद भई दुई पक्षबीच झडप भएको रहेछ ।
झडप भएको जानकारी पाएलगत्तै ठूलो संख्यामा प्रहरी परिचालन गरेकोले भागदौड मच्चिएको थियो । भाडदौडका क्रममा केही सर्वसाधारण पनि पक्राउ परेको हुन सक्ने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर