Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

प्रादेशिक अस्पताल जनकपुरमा आइतबारदेखि कोरोना संक्रमितको उपचार हुदै

प्रतिक्षा खबर
२०७६ चैत्र १६, आईतवार १३:२१

शैलेन्द्र क्रान्ति –
जनकपुरधाम, चैत १६ गते ।
प्रादेशिक अस्पताल जनकपुरमा आइतबारदेखि कोरोना संक्रमितको उपचार हुने भएको छ । १० वेड छुट्याएर कोरोनाको उपचार हुने प्रादेशिक अस्पताल प्रमुख डा. नागेन्द्र यादवले जानकारी दिए ।
‘कोरोना उपचारको लागि १० वटा बेड छुट्याइएको छ । उपचारको लागि व्यवस्थापन भइरहेको छ । उपकरणहरु आउन बाँकी नै छ ।’ अस्पताल प्रमुख डा. यादवले भने ‘कोरोनाका लक्षण देखिएका शंकास्पद बिरामीलाई मात्र उपचारको लागि वार्डमा राखिने छ । यहाँ कोरोना चेकजाँचको ल्याव छैन । शंकास्पद बिरामीको स्वाँव लिएर परीक्षण गर्न काठमाडौं नै पठाउनु पर्छ ।’
अस्पतालको अकास्मिक, प्रसुति, ज्वरो, डाइसिस लगायतका अतिआवश्यक सेवाहरु सुचारु नै रहने उनले बताए ।
यसअघि कोरोनाको उपचारको लागि जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुर स्थित सिटी हस्पिटलमा हुने प्रदेश २ सरकारले निर्णय गरेको थियो । शिक्षण अस्पताल व्यवस्थापन पक्ष प्रतिवद्धताबाट पछाडि हटेपछि जनकपुर प्रादेशिक अस्पतालमा नै उपचार गर्ने व्यवस्था मिलाइएको छ । समाजिक विकास मन्त्री नवल किशोर साहको संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण कमिटीले शनिबार यो निर्णय गरेको प्रदेश २ स्वास्थ्य निर्देशनालय बरिष्ठ अधिकृत विजय झाले बताए ।
प्रदेश २ मा प्रादेशिक अस्पताल जनकपुरको अलावा पर्साको विरगञ्ज स्थित नेश्नल मेडिकल कलेज शिक्षण अस्पतालमा कोरोना उपचारको व्यवस्था मिलाइएको छ ‘नेश्नल मेडिकल कलेजमा ५० वटा आइसोलेशन बेड तयार गरिएको छ । कोरोनाको शंकास्पद बिरामी अथवा पुष्टि भएको खण्डमा त्यहाँ र प्रादेशिक अस्पताल जनकपुरमा तत्काल उपचार गर्ने व्यवस्थापन गरिएको छ ।’ बरिष्ठ अधिकृत झाले भने ।
उनले कोरोना उपचारको लागि चाहिने उपकरणहरु ल्याउने र व्यवस्थापन गर्ने काम भइरहेको बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर