Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली

प्रतिक्षा खबर
२०८१ श्रावण ८, मंगलवार १३:४८

८ साउन,  पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो ।

सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको बताए । सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्यबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् ।

सीआईबीको टोलीले टेक्निकल तथा प्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ । पूर्वराज्यमन्त्री रायको हत्या भएको जानकारी पाउनसाथ प्रहरी चौकी मोहनापुर, इलाका प्रहरी कार्यालय केशरगञ्ज, जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश कार्यालयको टोली खटिएको थियो ।

अहिले यो घटनालाई तीन वटा युनिटले अनुसन्धान सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेशको टोली र सीआईबीको टोलीबाट घटनाको अनुसन्धान भइरहेकोे छ ।

तालिम प्राप्त कुकुरको सहायताले यसअघि हत्यामा प्रयोग भएको हतियार बरामद गर्नुबाहेक प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । रायको घरबाट उत्तर–पश्चिमतर्फको करिब ५० मिटर टाढाको बाँस झाङबाट रगत लतपतिएको घरेलु हतियार बरामद भएको थियो ।

रायकै घरमा उनको सहयोगीको रुपमा बसेका २१ वर्षीय राम उदेन रायलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । आइतबार राति साढे ९ बजेतिर ३ जनाको समूह जग्गा विवाद मिलाइदिन भन्दै आएको उनले प्रहरी समक्ष बताएका छन् । ३ जना समेत रायकै घरमा सुत्ने बताएपछि आफू छतमा गएर सुतेको र घटनाबारे केही पनि जानकारी नभएको उनको भनाइ छ ।

रायको टाउकोमा धारिलो हतियार प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर