Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

अध्यक्ष ओलीको पक्राउ राजनीतिक प्रतिशोध हो : नेकपा एमाले

प्रतिक्षा खबर
२०८२ चैत्र १४, शनिबार ०७:२५
काठमाडौँ । नेकपा एमालेले पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै कानुनी लडाई लड्ने जनाएको छ । एमाले सचिव महेश बस्नेतले अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएकाले कानुनी लडाई लड्ने बताएका हुन् ।

‘कुनै कानुनी आधार छैन । प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरिएको छ, हामी यसको कानुनी लगायतका लडाई लड्छौ’, सचिव बस्नेतले भने, ‘पार्टीमा थप छलफल पनि गर्छौ ।’

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पूर्व प्रधानमन्त्री ओलीलाई शनिबार प्रहरीले भक्तपुरको गुण्डुबाट पक्राउ गरेको हो ।

यसैबिच शनिबार बिहान पक्राउ पुर्जी लिएर प्रहरी ओली निवास पुगेपछि ओलीले वरिष्ठ कानुनविदहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता समेत रहेका रमेश बडाल र वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईसँगको परामर्शमा ओलीले आफूलाई कानुनी आधारविना नै पक्राउ गर्न लागिएको बताएका थिए ।

ओलीसँग संवाद गरेका कानुनविद् भट्टराईले ओलीको भनाई उद्धृत गर्दै भने, ‘यो राजनीतिक प्रतिशोधपूर्ण घटना हो । यसको म कानुनी लडाइँ लड्छु तपाईँहरू तयारी गर्नुहोस् ।

वरिष्ठ अधिवक्ता भट्टराईले आइतबार नै सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा आफूहरू लागेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर