Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बंगलादेशमा शेख हसिनाका निकटस्थमाथि कारबाही हुँदै

प्रतिक्षा खबर
२०८१ भाद्र ९, आईतवार २०:३२

बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधबाट सुरु भएर शेख हसिनाको राजीनामासम्म पुगेको हिंसात्मक आन्दोलन अहिले रोकिएको छ । तर त्यहाँ तनाव भने कायमै छ ।

विरोध प्रदर्शन चर्किर्दै गएपछि पूर्वप्रधानमन्त्री हसिनाले त ज्यान जोगाउन राजीनामा दिएर भारत गइन् । तर उनले देश छाडेपछि उनी निकटस्थहरूलाई कडा कारबाही भइरहेको छ । प्रहरीले अवामी लिगका धेरै पदाधिकारी र हसिनाको अपदस्थ सरकारका मन्त्रीमाथि कडा कारबाही गरिरहेको छ । अब यो सूचीमा देशका पूर्वकपडा तथा जुटमन्त्री गुलाम दस्तगीर गाजीको नाम पनि थपिएको छ ।

प्रहरीले आइतबार झिसमिसे बिहान हुनु अगाडि नै ७६ वर्षका गाजीलाई पक्राउ गरेको छ । स्थानीय पत्रिका पल्टनले प्रहरी चौकीका इन्चार्ज मुल्ला मोहम्मद खालिद हुसेनलाई उद्धृत गर्दै बताए अनुसार गाजीलाई राजधानी ढाकाको पियरगोली क्षेत्रको एउटा घरबाट बिहान ३ बजेतिर समातेर लगेको थियो । त्यसपछि ढाका महानगरीय प्रहरीले गाजीलाई गुप्तचर शाखा (डीबी)को कार्यालयमा लगेको थियो । त्यसपछि उनी पक्राउ परेका हुन् । गाजीलाई पक्राउ गर्नुको विशेष कारण खुलाइएको छैन ।

तर गाजी र हसिनासमेत १०५ जनामाथि रुपगञ्ज प्रहरी थानामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । शनिबार ढाकाको एक अदालतले निजी उद्योग सल्लाहकार सलमान एफ रहमान, पूर्वकानून मन्त्री शिन हक, पूर्वसामाज कल्याण मन्त्री दिपु मोनी समेतका चर्चित व्यक्तिलाई मृत्यु मामिलामा सोधपुछका लागि हिरासतमा लिएको थियो । यी तीन बाहेक पूर्वप्रमुख सचेतक एएसएम फिरोज र पूर्वसैनिक अधिकृत मेजर जनरल जियाउल अहसानलाई पनि हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर