Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

सिरहामा मतपेटिका संकलन सुरु, आजै रातिबाट मतगणना तयारी

प्रतिक्षा खबर
२०८२ फाल्गुन २१, बिहीबार २०:१०

सिरहा। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सिरहाका चारवटै निर्वाचन क्षेत्रका मतपेटिका संकलन हुन थालेका छन्। मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने विषयमा उम्मेदवारका प्रतिनिधिसँग छलफलको तयारी गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सिरहाका अनुसार मतदान सकिएपछि मतपेटिकाहरू कार्यालयमा ल्याउने काम भइरहेको छ। मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीले उम्मेदवारका प्रतिनिधिसहितको टोलीले मतगणनास्थल निरीक्षण (सर्वे) गरेपछि मतगणना सुरु गरिने बताए।

‘चारै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयारी अवस्थामा छन्। प्रतिनिधिहरूसँग सहमति बने आजै रातिबाट मतगणना सुरु गर्ने तयारीमा छौं,’ उनले भने।

सिरहामा कुल ४ लाख ५३ हजार ६५४ मतदाता रहेका छन् भने ५३१ मतदान केन्द्रमार्फत मतदान सम्पन्न भएको छ। निर्वाचन क्षेत्र-१ मा १,११,९४९ मतदाता र १३० मतदान केन्द्र, क्षेत्र-२ मा १,१५,७६० मतदाता र १३६ केन्द्र, क्षेत्र-३ मा १,१९,२५० मतदाता र १३६ केन्द्र तथा क्षेत्र-४ मा १,०६,६८६ मतदाता र १२९ मतदान केन्द्र रहेका छन्।

निर्वाचन कार्यालयका अनुसार यसपटक सिरहामा करिब ६२ देखि ६५ प्रतिशतसम्म मतदान भएको अनुमान गरिएको छ। अहिले मतपेटिका संकलन गरी मतगणनास्थलमा ल्याउने कार्य जारी रहेको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर