Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

नेपाली नागरिकको हत्या गरेको आरोपमा दुईजना भारतीय पक्राउ

प्रतिक्षा खबर
२०८० कार्तिक १०, शुक्रबार २१:४४

गोपाल झा

महोत्तरी , असोज १० गते

महोत्तरीमा १९ बर्षीय युवकलाई छुरा प्रहार गरेर  निर्ममतापुर्बक हत्या गरीएको छ ।

दसैंको अवसरमा लागेको दुर्गा मेलामा भएको सामनन्य विवादको निहुमा महोत्तरीको पिपरा गाँउपालीका ५ हरदिया टोल बस्ने राजनारायनन पासमानको १९ बर्षीय छोरा आशिक भन्ने बसन्त पासमानको बिहिबार हत्या भएको हो ।

छाती र पेटमा गरी तिन ठाँउमा छुरा प्रहार गरी पासमानको हत्या गरेको आरोपमा दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेर सार्बजनिक गरेका छन् ।

     बिहिबार बिहान पासमानको शव स्थानीय जगदीश साहको खेतमा फेला परेको थियो । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

भारतको बिहार राज्य जिल्ला मधुबनि जयनगर घर भएको अं. बर्ष १९ को दिपक मलिक र  मधुबनि साहारघाट बसबरिया घर भएको अं. बर्ष १८ को अमित मल्लिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलीपकुमार गिरिले जानकारी दिए ।

प्रहरीले आरोपी युवाहरूले पासमानको हत्यामा प्रयोग गरेको छुरा , रगत लागेको आरोपीले हत्या गरेको समयमा लगाएको लुगा समेत बरामद गरेको छ ।

आरोपी युवा पिपरा गाउँपालिका- ५ स्थित आफ्नो मामा सुरेश मल्लिकको घरमा बस्दै आएका थिए । बाजार मेलामा पाईने पचास रुपैयाको घाँटीमा लगाउने चेन लगाएर फोटो खिच्ने बिषयमा विवाद हुँदा हत्या गरेको आरोपीले स्विकारेको प्रवक्ता गिरीले बताए ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर