Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

रास्वपाले बहुमत पाए सङ्घीयता खारेज गर्छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८२ फाल्गुन ६, बुधबार २१:४६

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिकार सम्पन्न सङ्घीयताको रक्षा र मधेसको मुक्ति नै आफ्नो पार्टीको मुख्य एजेन्डा भएको बताएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पत्थरगाडामा आयोजित युवा विद्यार्थीहरूको क्षेत्रीय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यी लक्ष्य प्राप्तिका लागि जस्तोसुकै सङ्घर्ष गर्न तयार रहेको उद्घोष गरेका हुन् ।

सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले सङ्घीयता मधेस जनविद्रोहको जगमा स्थापित भएको चर्चा गर्दै यो कांग्रेस र एमालेको एजेन्डा कहिल्यै नभएको दाबी गरे। यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक रूपमा प्रस्तुत हुँदै उक्त पार्टीले चुनावमा बहुमत पाए सङ्घीयता नै खारेज गर्ने दाउमा रहेको आरोप लगाए ।

रास्वपाले प्रदेशमा उम्मेदवार खडा नगर्नुले नै उसको नियत प्रस्ट भएको उनको तर्क थियो। मधेस प्रदेशको नामकरणका समयमा पनि कांग्रेस र एमालेले मधेसी पहिचान स्विकार्न नचाहेको स्मरण गर्दै यादवले मधेस केन्द्रित दलहरूको दुई तिहाइ बहुमत नभएको भए पहिचानमा आधारित प्रदेश बन्न असम्भव रहेको उल्लेख गरे । देशका अन्य प्रदेशहरू नदीको नामबाट राखिनु अव्यवहारिक भएको भन्दै उनले मधेस मात्र पहिचान बोकेको प्रदेश भएको बताए ।

मुलुकमा अझै पनि मधेसी र उत्पीडित समुदायले अधिकारका लागि लड्नुपर्ने अवस्था विद्यमान रहेको यादवको भनाइ छ। मेचीदेखि महाकालीसम्मको २२ जिल्लालाई मधेस मान्नुपर्नेमा त्यसलाई विभाजित गरिएको र कर्मचारीतन्त्रमा अझै पनि एकल जातीय वर्चस्व हाबी रहेको उनले गुनासो गरे ।

७७ जिल्लाका ६५ सिडिओ खस बाहुन समुदायकै हुनुले समान हिस्सेदारीको अभाव झल्काउने भन्दै उनले संविधान संशोधन र पुनर्लेखनका लागि जसपालाई बलियो शक्ति बनाउन अपिल गरे ।

मधेसको शिक्षा क्षेत्रलाई रणनीतिक रूपमा ध्वस्त पारिएको टिप्पणी गर्दै यादवले विद्यालय र कलेजमा शिक्षक नहुँदा मधेसी जनशक्ति लोकसेवा जस्ता प्रतिस्पर्धामा पछि परेको बताए। सङ्घीयता र आरक्षण विरोधी शक्तिहरूले मधेसी जनतालाई भ्रममा पार्न खोजिरहेको भन्दै उनले युवा विद्यार्थीहरूलाई सजग रहन आग्रह गरे ।

आगामी चुनावले मधेसको भाग्य र भविष्य फैसला गर्ने हुनाले मधेस विरोधीका झुटा आश्वासन चिर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर