Advertisement
ताजा खबर
भ्रष्टाचार मुद्दामा मधेशका सांसद कुशवाहा दोषी ठहर : ४ वर्ष कैद र साढे ३८ लाख जरिवाना रवि लामिछाने र भारतीय गृहमन्त्री अमित शाहबीच आज भेटवार्ता हुने वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी

जन्मदर्ताको सिफारिसको लागि घुस लिने मटिहानी नगरपालिकाका वडाध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रतिक्षा खबर
२०७८ कार्तिक १४, आईतवार १८:३४

जन्मदर्ताको सिफारिस गर्न घुष माग्ने महोत्तरीका एकजना जनप्रतिनिधि र कर्मचारी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दताए भएको छ । जिल्लाको मटिहानी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर अ‍ैबुल राईन विरुद्ध विशेष अदालतमा मुद्दा दताए भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । दुबैजनालाई १० हजार माग दावि गर्दै मुद्दा दिइएको हो ।
वडाध्यक्ष र कम्प्युटर अपरेटरलाई अख्यितारको बर्दिबासको टोलीले असोज २४ गते घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा वडाध्यक्ष महतोले जन्मदर्ता बनाउन सेवाग्राहीसँग १० हजार घुस मागेका थिए । जन्मदर्ताको लागि घुस लिएको पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर अपराध गरेको देखिएकाले १० हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
त्यस्तै करारमा सहायक कम्प्युटर अपरेटरमा कार्यरत्त रहेका राईनको संलग्नता देखिएकोले बिगो १० हजार कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा १ को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्यिारले जनाएको छ ।टुडेपाटी डटकम

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर