Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

बङ्गलादेशमा बाढीबाट २३ जनाको मृत्यु, झण्डै ६० लाख प्रभावित

प्रतिक्षा खबर
२०८१ भाद्र ११, मंगलवार ०६:१०

ढाका । बङ्गलादेशका केही भागमा आएको बाढीका कारण २३ जनाको मृत्यु, करिब ६० लाख मानिस प्रभावित र हजारौँ परिवार विस्थापित भएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्र .(एनडिआरसिसी) को दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार सोमबार दिउँसोसम्म देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण ५७ लाख एक हजार दुई सय चार जना प्रभावित भएका छन् ।

मन्त्रालयको वेवसाइटमा प्रकाशित प्रतिवेदनमा देशमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने ११ जिल्लामा १२ लाख ३८ हजार ४८ परिवार अलपत्र परेका छन् । दुई जना बेपत्ता समेत भएको बताइएको छ ।

गत हप्तादेखि प्रमुख नदीहरू ‘ओभरफ्लो’ हुँदा बङ्गलादेशका केही भागमा जमिनको ठूलो क्षेत्र जलमग्न भएको छ । बाढीले देशको ठूलो भू–भागमा बस्तीहरू, बाली, सडक र राजमार्गहरूमा व्यापक क्षति पुर्याएको बताइएको छ ।

बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले आइतबार सबै सरोकारवालाहरूलाई अलपत्र परेका मानिसहरूलाई उद्धार गर्न, आपत्कालीन स्वास्थ्य सेवा प्रदान गर्न र बाढी पीडितहरूका लागि हरसम्भव सहयोग गर्न आफ्नो बलियो प्रयास जारी राख्न आग्रह गरे ।

अधिकारीहरूले उद्धार कार्यहरू सञ्चालन गर्न, राहत सामग्री वितरण गर्न र करिब पाँच लाख बाढी प्रभावित मानिसले आश्रय लिएका केन्द्रहरूको निरीक्षण गर्न विपद् प्रतिकार्य बलका टोलीहरूलाई पठाएका छन् ।

बङ्गलादेशमा आएको बाढीका कारण उत्पन्न भएको महत्त्वपूर्ण चुनौतीको सामना गर्दै बङ्गलादेशस्थित चिनियाँ दूतावासले आइतबार फेनीको सबैभन्दा बढी प्रभावित क्षेत्रमा तयारी खाना, पिउने पानी र जीवनयापनका अत्यावश्यक सामग्री उपलब्ध गराएको छ ।

यसबाहेक चीनको रेडक्रस सोसाइटीले बङ्गलादेश रेड क्रिसेन्ट सोसाइटीलाई आपत्कालीन मानवीय सहायताका लागि एक लाख अमेरिकी डलर सहयोग गरेको छ । साथै यहाँको चिनियाँ दूतावासले प्रमुख सल्लाहकार राहत तथा कल्याणकारी कोषमा २० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर