Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

महाेत्तरी ४ बाट प्रत्यक्षतर्फ मधेश प्रदेशका पूर्व मुख्यमन्त्री यादवकाे एकल नाम सिफारिस

प्रतिक्षा खबर
२०८२ पुष २०, आईतवार १८:३२

रामगाेपालपुर,फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ने.क.पा.(एमाले) महोत्तरी  क्षेत्र नं.–४ बाट मधेश प्रदेशका पूर्व मुख्यमन्त्री माननीय एवम महाेतरी क्षेत्र नं४क काे प्रदेश सांसद सरोज कुमार यादवको एकल नाम सर्वसम्मतिले सिफारिस गरिएको छ।

पार्टीको जिल्ला तथा क्षेत्रीय समितिको संयुक्त बैठकले सराेज कुमार यादवकाे नाम  अघि सार्ने निर्णय गरेको हो। बैठकमा सहभागी नेताहरूले यादवको राजनीतिक अनुभव, संगठन सुदृढीकरणमा पुर्‍याएको योगदान तथा मधेश प्रदेशको नेतृत्व गर्दै हासिल गरेका उपलब्धिलाई ध्यानमा राख्दै एकल नाम सिफारिस गरिएको जनाएका छन्।

नेताहरूका अनुसार यादवले प्रदेश सरकारको नेतृत्व गर्दा विकास, सुशासन र समावेशी नीतिलाई प्राथमिकता दिएका थिए। सोही कारण पार्टीभित्र मात्र होइन, स्थानीय तहमा पनि उहाँप्रति सकारात्मक जनमत रहेको बताइएको छ।

निर्वाचन क्षेत्र नं.–४ मा पार्टी संगठन मजबुत बनाउने तथा मतदाताको विश्वास जित्ने क्षमता उहाँसँग रहेको निष्कर्ष बैठकले निकालेको छ। यादवले पार्टीले दिएको विश्वासप्रति आभार व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। उनले महोत्तरी–४ का नागरिकका समस्या समाधान, विकास निर्माण र रोजगारीका अवसर सिर्जनामा आफू केन्द्रित रहने बताए।

ने.क.पा.(एमाले) महोत्तरीले अब निर्वाचन अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रम, जनभेटघाट र संगठन विस्तारका गतिविधि अघि बढाउने तयारी गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर