Advertisement
ताजा खबर
एकडारा गाउँपालिकामा नियमित खोप सेवा अब वडा नं. १ का चार स्थानबाट, जन्मदेखि २३ महिनासम्मका बालबालिकाले पाउने सुविधा समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक राप्रपा सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा २ जना पक्राउ अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ

संविधान पुनरावलोकन आयोग’ गठन गर्न उपेन्द्रको प्रस्ताव

प्रतिक्षा खबर
२०८१ श्रावण २७, आईतवार १९:५४

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनका लागि छुट्टै आयोग बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् । आइतबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले सो प्रस्ताव अघि सारेका हुन् ।

आयोगमा संविधानका विज्ञहरू रहनुपर्ने उनले बताएका छन् । ६१ बुँदे प्रस्तावअन्तर्गत संविधान संशोधनसम्बन्धी बुँदामा उनले लेखेका छन्, ‘समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान संशोधन गरी परिमार्जन गर्नका लागि संविधान विज्ञहरू सम्मिलित ‘संविधान पुनरावलोकन आयोग’ गठन गरी राय सुझाव र सिफारिसका आधारमा संविधान संशोधन गर्ने ।

यसैगरी संविधानमा आवश्यक संशोधन गरी जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख वा राष्ट्रपतीय प्रणाली लागु गर्नुपर्ने उनको प्रस्ताव छ । समावेशी तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्व भएको सङ्घीय न्याय प्रणाली हुनुपर्ने प्रस्तावमा उल्लेख छ ।

यस्तै, राष्ट्रिय÷जातीय पहिचानमा आधारित स्वायत्तता र स्वशासनसहितको राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड लगायतका प्रावधानहरू संशोधन गरी संविधानमा व्यवस्था गर्नुपर्ने उनको भनाई छ ।

प्रदेशहरूको नामकरण गर्दा पनि पहिचान झल्कने गरी गर्नुपर्ने उनले बताएका छन्  । यता, स्थानीय तहलाई प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहने गरी राख्न आवश्यक संवैधानिक तथा कानुनी व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर