Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

नेपालमा कति वटा वडा छन् ? पूर्व राष्ट्रपति विद्या भण्डारी ‘कन्फ्ज्युज’

प्रतिक्षा खबर
२०८१ आश्विन ५, शनिबार २०:३६

काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारी नेपालका पालिकाहरूमा कति वटा वडा छन् भन्ने विषयमा झुक्किएकी छिन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी प्रतिष्ठानको रजत जयन्तीका अवसरमा राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा सम्बोधनका क्रममा देशमा कति वटा वडा छन् भन्ने विषयमा भण्डारी कन्फ्युजनमा परेकी हुन् । भण्डारी २ कार्यकाल गरी ७ वर्ष नेपालको राष्ट्रपति भएकी नेतृ हुन् ।

कार्यक्रममा उनले जनताको बहुदलीय जनवादको आलोकमा अहिलेको परिवर्तन अघि बढिरहेको उल्लेख गरिन् । २०८३ सालमा मदन भण्डारीको ७५ औँ जन्मदिन हुने र उनको बिचारलाई देशव्यापी पुन लिएर जान कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

मदन भण्डारी फाउन्डेसनलाई विस्तार गर्न आग्रह गर्दै उनले सहभागीलाई सोधिन –‘अहिले हाम्रो ६ सय प्लस कति वडाहरू छन् ? देशभरि ?

सहभागीहरूले भने–‘६ हजार’

भण्डारीले भनिन–‘ए ६ हजार’

सहभागीले फेरी भने–‘६ हजार ७ सय’

भण्डारीले भनिन–‘६ हजार ७ सय कति वडाहरू छन् ?

सहभागीले फेरी सङ्ख्या बताउन थालेपछि भण्डारीले भनिन–‘जति होस, त्यो डाटामा छ वडाहरू ।’

उनले अगाडि भनिन–‘देशभर कमसेकम आजको वडा भनेको हिजोको गाविस जस्तै हो । त्यहाँ स्कुलहरू छन्, कलेजहरू छन्, मदन भण्डारीको बहुदलीय जनवादलाई आदर्श सिद्धान्त मानिरहेको अवस्थामा ती सबै युनिटहरूमा बिचार लिएर विभिन्न क्रियाकलाप, जनवादी, सांस्कृतिक क्रियाकलापहरू, राष्ट्रिय जनसांस्कृतिक महासंघ छ । जसले मेची महाकाली वारपार गर्न सक्छ । अनेमसंघ छ, अनेरास्ववियू छ, अनेरास्ववियू छ । अनेरास्ववियूले पनि जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेको छ । युवासंघ, बुद्धिजीवी संघ छ, कसले कहाँ के गर्ने गाउँ गाउँमा अब हामीले अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले यो अभियानलाई अघि बढाउन पार्टीले पनि अग्रसरता लिनुपर्नेमा जोड दिइन् । उनले मदन भण्डारी फाउन्डेसन वैचारिक सामाजिक संस्था रहेको बताउँदै  फाउन्डेसन एमालेको संस्थाको रूपमा बुझेको र वैदेशिक तथा अन्य विचार बोकेकाहरूले यो संस्थालाई आर्थिक सहयोग गर्न चुकुल लगाएको बताइन् ।

भण्डारीले जबजको आलोकमा अहिलेको संविधान अघि बढेको उल्लेख गर्दै जबजलाई  फेरी विभिन्न माध्यमबाट जनस्तरसम्म पुर्‍याउन उनले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर