Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

नेपालमा कति वटा वडा छन् ? पूर्व राष्ट्रपति विद्या भण्डारी ‘कन्फ्ज्युज’

प्रतिक्षा खबर
२०८१ आश्विन ५, शनिबार २०:३६

काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारी नेपालका पालिकाहरूमा कति वटा वडा छन् भन्ने विषयमा झुक्किएकी छिन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी प्रतिष्ठानको रजत जयन्तीका अवसरमा राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा सम्बोधनका क्रममा देशमा कति वटा वडा छन् भन्ने विषयमा भण्डारी कन्फ्युजनमा परेकी हुन् । भण्डारी २ कार्यकाल गरी ७ वर्ष नेपालको राष्ट्रपति भएकी नेतृ हुन् ।

कार्यक्रममा उनले जनताको बहुदलीय जनवादको आलोकमा अहिलेको परिवर्तन अघि बढिरहेको उल्लेख गरिन् । २०८३ सालमा मदन भण्डारीको ७५ औँ जन्मदिन हुने र उनको बिचारलाई देशव्यापी पुन लिएर जान कार्यकर्ताहरूलाई आग्रह गरिन् ।

मदन भण्डारी फाउन्डेसनलाई विस्तार गर्न आग्रह गर्दै उनले सहभागीलाई सोधिन –‘अहिले हाम्रो ६ सय प्लस कति वडाहरू छन् ? देशभरि ?

सहभागीहरूले भने–‘६ हजार’

भण्डारीले भनिन–‘ए ६ हजार’

सहभागीले फेरी भने–‘६ हजार ७ सय’

भण्डारीले भनिन–‘६ हजार ७ सय कति वडाहरू छन् ?

सहभागीले फेरी सङ्ख्या बताउन थालेपछि भण्डारीले भनिन–‘जति होस, त्यो डाटामा छ वडाहरू ।’

उनले अगाडि भनिन–‘देशभर कमसेकम आजको वडा भनेको हिजोको गाविस जस्तै हो । त्यहाँ स्कुलहरू छन्, कलेजहरू छन्, मदन भण्डारीको बहुदलीय जनवादलाई आदर्श सिद्धान्त मानिरहेको अवस्थामा ती सबै युनिटहरूमा बिचार लिएर विभिन्न क्रियाकलाप, जनवादी, सांस्कृतिक क्रियाकलापहरू, राष्ट्रिय जनसांस्कृतिक महासंघ छ । जसले मेची महाकाली वारपार गर्न सक्छ । अनेमसंघ छ, अनेरास्ववियू छ, अनेरास्ववियू छ । अनेरास्ववियूले पनि जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेको छ । युवासंघ, बुद्धिजीवी संघ छ, कसले कहाँ के गर्ने गाउँ गाउँमा अब हामीले अभियान सञ्चालन गर्नुपर्छ ।’

उनले यो अभियानलाई अघि बढाउन पार्टीले पनि अग्रसरता लिनुपर्नेमा जोड दिइन् । उनले मदन भण्डारी फाउन्डेसन वैचारिक सामाजिक संस्था रहेको बताउँदै  फाउन्डेसन एमालेको संस्थाको रूपमा बुझेको र वैदेशिक तथा अन्य विचार बोकेकाहरूले यो संस्थालाई आर्थिक सहयोग गर्न चुकुल लगाएको बताइन् ।

भण्डारीले जबजको आलोकमा अहिलेको संविधान अघि बढेको उल्लेख गर्दै जबजलाई  फेरी विभिन्न माध्यमबाट जनस्तरसम्म पुर्‍याउन उनले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर