Advertisement
ताजा खबर
७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग सीमामा सास्तीबारे सांसद झाको चासोः ‘सर्वसाधारणका लागि व्यवहारिक नीति आवश्यक गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

मुस्तफिजुर रहमानलाई टिममा नराख्न बीसीसीआईको निर्देशन

प्रतिक्षा खबर
२०८२ पुष १९, शनिबार १२:४१

१९ पुस,  । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोलकाता नाइट राइडर्स (केकेआर)लाई क्रिकेटर मुस्तफिजुर रहमानलाई टिमबाट बाहिर राख्न निर्देशन दिएको छ ।

बीसीसीआईका सचिव देवजीत सैकियाले केकेआरलाई बंगलादेशी क्रिकेटर रहमानलाई टिममा सहभागी नगराउन निर्देशन दिएको बताएका हुन् ।

‘हालैका घटनाक्रमपछि बीसीसीआईले केकेआरलाई बंगलादेशका खेलाडी मुस्तफिजुर रहमानलाई स्क्वाडबाट रिलिज गर्ने निर्देशन दिएको छ’, सैकियाले भने, ‘यदि, केकेआरले रिप्लेसमेन्टको माग गरे बीसीसीआईबाट अनुमति पाउने छ ।’

बंगलादेशका क्रिकेटर रहमानलाई लिएर केही दिनदेखि भारतमा विरोध भइरहेको छ । बंगलादेशमा एक हिन्दु युवकको हत्या भएपछि विरोध सुरू भएको हो ।

भारतमा सत्तारूढ भाजपा नेता र कयौं हिन्दु धर्मगुरुहरूले रहमानलाई केकेआरले टिममा समावेश गरेको भन्दै विरोध गरिरहेका छन् । केकेआरका संयुक्त मालिक मध्येमा पर्ने बलिवुड सुपरस्टार शाहरुख खानलाई ‘देशद्रोही’सम्म भनिँदै छ ।

यसैबीच कांग्रेसका केही नेताहरूले शाहरुख खानलाई ‘देशद्रोही’ भनिएको घटनाको विरोध गरेका छन् । शाहरूख खानमाथिको आरोपलाई कांग्रेस नेताहरूले भारतको बहुलतावादी समाजमाथिको आक्रमण भनेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर