Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मोर्चासँग तालमेल नगरी एक्लै चुनावमा जाने तयारीमा जनमत

प्रतिक्षा खबर
२०८२ मंसिर ११, बिहीबार १९:१०
काठमाडौँ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध दलहरुसँग गठबन्धन नगर्ने भएको छ । मंसिर ६ गते बसेको मोर्चाको बैठकले सबै घटक गठबन्धन गरेर चुनावमा जाने निर्णय गरेको थियो ।

जनमतका उपाध्यक्ष जयकान्त राउत समेत उपस्थित मोर्चाको उक्त बैठकमा मिलेर चुनावमा जाने सर्वसम्मत निर्णय भएको मोर्चाका संयोजक एवं लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख थियो । तर जनमत पार्टी मोर्चाको उक्त निर्णयलाई उल्टाउँदै एक्लै निर्वाचन लड्न निर्णयमा पुगेको छ ।

यो कुराको पुष्टि जनमतका उपाध्यक्ष ई. बसन्त कुशवाहाले गरेका छन् । उनले मोर्चाको बैठकमा गठबन्धन गरेर चुनावमा जाने विषयमा कुनै सहमति नभएको दाबी समेत गरे । ‘कुनै नेताको विचार होला, तर मोर्चाको बैठकमा सर्वसम्मति भएको छैन, मोर्चाको तर्फबाट जुन निर्णय बाहिर आएको छ । त्यो लोसपाको तर्फबाट आएको हो,’ कुशवाहाले भने ।

एउटै चुनाव चिह्नमा सबै क्षेत्रमा तालमेल गरेर चुनाव लड्ने प्रस्ताव आएको उनले बताए । ‘तर जनमत पार्टीले त्यसो हो भने हर्न छापमा नै सबैजना लडौं भनेर धारणा राखेको थियो । अन्य पार्टीले आ-आफ्नै चुनाव चिह्नको प्रस्ताव बैठकमा राखेपछि सहमति बनेन,’ कुशवाहाले दाबी गरे । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि सबै क्षेत्रमा नभई कुनै कुनै क्षेत्रमा तालमेल गर्न सकिने धारणा राखेको उनले बताए ।

२०७९ को चुनावमा जनमत पार्टीले एक्लै चुनाव लड्ने निर्णय गरेको थियो । तराई-मधेसका अन्य दलहरुले गठबन्धन गरेर चुनाव लडेपनि जनमतले एक्लै चुनावमा प्रतिस्पर्धा गरेको थियो । पछिल्लो समय रुपन्देही क्षेत्र नम्बर ३ मा हुने भनिएको प्रतिनिधिसभाको उपनिर्वाचन (प्रतिनिधिसभा विघटन भएसँगै रद्द) मा पनि मोर्चाले एकसाथ चुनाव लड्ने निर्णय गर्दा जनमत पार्टीका अध्यक्ष राउतले अस्वीकार गरेका थिए ।

त्यसपछि जनमत संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा सहभागी हुनै छाडेको थियो । तर मंसिर ६ गते बसेको बैठकमा जनमत पार्टीबाट सहभागिता भयो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर