Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

सार्वजनिक सम्पत्ति नष्ट नगर्न कुलमान घिसिङको अपिल, संयमता र दीर्घकालीन सुधारतर्फ उन्मुख हुन आह्वान

प्रतिक्षा खबर
२०८२ भाद्र २४, मंगलवार १७:४९

काठमाडौं । देशभर जेनजी आन्दोलनमा भएको सरकारी दमनपछि उत्पन्न परिस्थितिप्रति दु:ख व्यक्त गर्दै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले संयमता अपनाउन आग्रह गरेका छन्।

उनले मंगलबार जारी अपिलमार्फत निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति नगर्न आग्रह गर्दै दीर्घकालीन सुधार र सकारात्मक परिवर्तनतर्फ अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेको अवस्थामा अब संयमित हुने समय आएको छ। सार्वजनिक सम्पत्ति तपाईं हाम्रै करबाट निर्माण भएको हो र पुनर्निर्माणमा पनि हाम्रै पैसा खर्च हुने भएकाले यसलाई जोगाउन सबैलाई अनुरोध गर्दछु।’

घिसिङले आन्दोलनमा सहाभागी युवापुस्ता, संलग्न संस्था र नागरिक समाजलाई धैर्य, आत्ममूल्यांकन र सहकार्यका भावनासहित अघि बढ्न आह्वान गरेका छन्। अपिलमा उनले विधिसम्मत र विवेकसम्मत बाटो अपनाउनुपर्ने उल्लेख गर्दै मध्यावधि निर्वाचनमार्फत नयाँ राजनीतिक निकास खोज्नुपर्ने आवश्यकता औंल्याएका छन्।

‘जेनजी सहित अन्तरिम चुनावी सरकार गठन गरेर राष्ट्रलाई विद्यमान संकटबाट निकास दिन आवश्यक छ,’ घिसिङले भनेका छन्, ‘यो कालो समयलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, हामी सबै मिलेर यसलाई सार्थक बनाउन सक्छौं।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर