Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

प्रतिक्षा खबर
२०८२ भाद्र १३, शुक्रबार १६:२६

जनकपुर,भादौ १३ । मधेश प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षका सांसदहरुले उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले आफ्नो कुरा राख्ने समय दिएका थिए ।

प्रमुख प्रतिपक्षका सांसदहरुले २०८२÷०८३ को बजेट वक्क्तव्यमा विपक्षी बिना बहुमत पद्धतीबाट बजेट पारेत गरिएको, नाटकीय रुपमा कार्यदल गठन गरी कार्यदलमा सरकारकै प्रतिनिधिलाई राखिनु र समस्या समाधान गर्नुको साटो अल्पमत र बहुमतको खेल गरेको आरोप लगाएका छन्  ।

बहुमतको बल प्रयोग गरी बजेट पास गरेकाले अब ऐन कानुन बनाउन किन हामीलाई खोज्नुपर्यो भनेर प्रमुख प्रतिपक्षका सांसदहरुले प्रश्न गरेका छन् ।

उनीहरुले बजेटमा देखिएको अनियमितता, बिचौलिया हाबी र रेड बुकमा देखिएको गडबडीलगायतका समस्या समाधान नभएसम्म र अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध राख्ने चेतावनी दिएका छन् ।

साथै पहिला गठन गरिएको संसदीय छानबीन समितिले अहिलेसम्म कार्यान्वयन किन भएन भनेर उनीहरुले समामुख मण्डललाई प्रश्न गरेका थिए ।

त्यसपछि समाभुख मण्डलले मधेश प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको घोषणा गरे । करिब १ महिनापछि बसेको बैठक हिजो पनि जसपा नेपालका सांसदसहित प्रमुख प्रतिपक्षका सांसदहरुले अर्थमन्त्रीको राजिनामा माग गर्दै अवरुद्ध गरेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर