Advertisement
ताजा खबर
टाइगर श्रफको गाडीमा गोली प्रहार, चालकसहित दुई जना घाइते वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्सबाट एनपीएल खेल्ने जसपा नेपालले सरकार बनाउन कुनै दाबी गरेको छैन: अध्यक्ष यादव सुनकोशीमा जिप खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने

☰

मधेसी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ कार्तिक २७, मंगलवार ०७:०७

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताएका छन् ।

मधेसी समुदायले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरूको संघर्ष जारी नै रहने अध्यक्ष यादवले बताए ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढीमाई नगरपालिका –८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

राज्यले सधैँ मधेस र मधेसी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेसमा सोचे जस्तो विकास हुन नसकेको तथा मधेसी जनता अझै अधिकारसम्पन्न हुन नसकेको उनले बताए ।

देशको आधीभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकाशमा मधेस पछाडि परेको उनले बताए ।

मधेसमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले  १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाइ थियो ।

मधेसी जनताले मधेसबाट कांग्रेस र कम्युनिस्टलाई परास्त नगरेसम्म मधेसीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछाडि परेको बताएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर