Advertisement
ताजा खबर
अदालतबाट हतकडीसहित थुनुवा फरार शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका

मधेसी समुदायलाई विभेद र उपेक्षा गर्ने राज्यको नीति अझै कायमै छ : उपेन्द्र यादव

प्रतिक्षा खबर
२०८१ कार्तिक २७, मंगलवार ०७:०७

रौतहट । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसका जनतामाथि राज्यद्वारा सदियौँदेखि हुँदै आएको विभेद, असमानता र उपेक्षा अझै कायम रहेको बताएका छन् ।

मधेसी समुदायले जनसंख्याको आधारमा विकास बजेट, राज्यको सबै निकायमा सम्मानजनक भागीदारी, समान प्रतिनिधित्व, अवसर, आफ्ना शासन, प्रशासन, नीति, कानुन बनाउने अधिकार नपाएसम्म आफूहरूको संघर्ष जारी नै रहने अध्यक्ष यादवले बताए ।

जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कमिटीले आज रौतहटको गढीमाई नगरपालिका –८ विरनगरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

राज्यले सधैँ मधेस र मधेसी जनतालाई अपेक्षा गर्दै आएको कारण मधेसमा सोचे जस्तो विकास हुन नसकेको तथा मधेसी जनता अझै अधिकारसम्पन्न हुन नसकेको उनले बताए ।

देशको आधीभन्दा बढी जनसंख्या मधेस प्रदेशमा भएपनि सरकारले जनसंख्याको आधारमा विकास बजेट नदिँदा विकाशमा मधेस पछाडि परेको उनले बताए ।

मधेसमा लगभग ५४ प्रतिशत जनसंख्या भएपनि शासक वर्गले  १२ प्रतिशत मात्र रकम विकासका लागि छुट्याउने गरेका कारण मधेसमा सोचे जस्तो विकास हुन् नसकेको उनको भनाइ थियो ।

मधेसी जनताले मधेसबाट कांग्रेस र कम्युनिस्टलाई परास्त नगरेसम्म मधेसीले पूर्ण अधिकार पाउन नसक्ने उनले धारणा राखे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले शासक वर्गको उपेक्षाका कारण मधेस पछाडि परेको बताएका छन्

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर