Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

मनरा शिस्वा नगरपालिकाको ऐतिहासिक निर्णयः किसानलाई मालपोत करमा शतप्रतिशत छुट, सिँचाइ र खानेपानी संकटमा राहत प्याकेजको तयारी

प्रतिक्षा खबर
२०८२ श्रावण ८, बिहीबार २२:४०

गोपाल झा

महोत्तरी, साउन  गते 

महोत्तरी जिल्लाको मनरा शिस्वा नगरपालिकाले किसानको पीडा बुझ्दै चालु आर्थिक वर्षका लागि पालिकाभित्रका सबै किसानलाई मालपोत करमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । विगत केही महिनादेखिको वर्षा अभावले सिँचाइमा गम्भीर समस्या उत्पन्न भएपछि यो निर्णय गरिएको हो ।

     नगरपालिकाको कार्यपालिका बैठकले श्रावण ७ गते उक्त प्रस्ताव पारित गरेको हो । नगरप्रमुख मोहन पाण्डेका अनुसार, “सिँचाइको समस्या र प्रतिकूल मौसमका कारण खेतीपातीमा प्रत्यक्ष असर परेको छ । यस्तो विषम परिस्थितिमा किसानलाई राहत दिन पालिकाले मालपोत करमा पूर्ण छुट दिने निर्णय लिएको हो ।

साथै यस पालिकामा करीब पाँचहजार हेक्टर खेती योग्य जमीन रहेको मध्ये करीब पााच सय हेक्टरमा किशानहरुले उखु खेती गर्दै आई रहेको र यस्ता खडेरी मौसममा पनी धानको बिकल्पमा उखुखेतीमा जोड दिदैँ यस बर्ष एक हजार हेक्टरमा उखुबाली लगाउन किशानहरुलाई प्रोत्सान स्वरुप प्रती क्विण्टल पचास रुपैयाको दरले अनुदान दिने र उखुखेती गर्ने नया किशानलाई उखुको बिउमा समेत ५० प्रतीसत अनुदान दिने समेत निर्णय गरेको छ ।

      यस्तो संकटको बेला नगरपालिकाको यो निर्णयलाई किसानहरूले खुलेर स्वागत गरेका छन् । मनरा शिस्वाका किसान एकजना किशान भन्छन सिँचाइ नहुँदा धान रोप्न सकिएको छैन । यस्तो बेलामा पालिकाले हाम्रो पीडा बुझेर राहत दिने निर्णय गरेपछि केही हदसम्म सान्त्वना मिलेको छ । उनले थपे, “हामीजस्ता साना किसानका लागि यो राहत अत्यन्तै महत्वपूर्ण छ । वर्षा नभए पनि कम्तीमा स्थानीय सरकारले हामीप्रति जिम्मेवारीको बोध देखाएको महसुस भयो ।”

नगरप्रमुख पाण्डेका अनुसार, पालिकाले अब आगामी दिनमा राहत प्याकेज र वैकल्पिक सिँचाइ प्रणालीका विषयमा पनि योजना बनाइरहेको छ । सौर्य उर्जा आधारित पानी तान्ने योजना, सामूहिक सिँचाइ पोखरी निर्माण, र जमिनको आद्र्रता मापन गर्ने प्रविधि प्रयोग गर्नेसम्मका विषयमा छलफल भइरहेको बताएका हुन् ।

    वर्षा नहुनुका कारण न केवल सिँचाइमा समस्या देखिएको छ, खानेपानीको समेत चरम अभाव भएको छ । भूमिगत जलस्रोतको अत्यधिक दोहन र पुनर्भरण नहुँदा यस क्षेत्रका अधिकांश चापाकल सुकिसकेका छन् । नदी, खोलामा पनि पर्याप्त पानी नभएपछि नहर प्रणालीसमेत निष्क्रिय बनेको छ ।

    यस्ता संकटको घडीमा  मनरा शिस्वा नगरपालिकाले हाल दैनिक १ लाख लिटर खाने पानी ट्यांकरमार्फत वितरण गरिरहेको छ । मेयर मोहन पाण्डेका अनुसार, “एक–दुई दिनमै वितरणको मात्रा २ लाख लिटर पुर्‍याउने तयारी भइरहेको जनाएका हुन् ।

मधेशमा विगत केही वर्षदेखि हिउँद र गर्मीयाममा पर्याप्त पानी नपर्ने समस्या थियो । तर यो वर्ष बर्खा सिजनमा पनि अनावृष्टि भएपछि खेती, जलस्रोत र जनस्वास्थ्य तीनै क्षेत्रमा संकट चुलिएको छ । खासगरी किसानहरू खेती नहुँदा रोजगारी र आम्दानी दुवै गुमाउने अवस्थामा पुगेका छन् । त्यसमाथि पानीको अभावले जनस्वास्थ्यसमेत जोखिममा परेको छ ।

       मनरा शिस्वा नगरपालिकाले किसानको समस्यालाई प्राथमिकतामा राख्दै मालपोत करमा पूर्ण छुट दिने निर्णय एक सराहनीय पहल हो । यसले अन्य स्थानीय तहलाई पनि किसान–मुखी निर्णय गर्न प्रेरणा दिने आशा गरिएको छ । साथै, खानेपानी वितरण र वैकल्पिक सिँचाइ योजनामा नगरपालिका सक्रिय देखिएको तथ्यले आगामी दिनमा संकट समाधानतर्फ आशा जगाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर