Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

रामचन्द्रको असामयिक निधनप्रति जनमतद्धारा श्रद्धाञ्जली सहित दिप प्रज्वलन गरियो

प्रतिक्षा खबर
२०७८ मंसिर ३, शुक्रबार २०:०६

रेडियो स्वागतम
महेन्द्रनगर, मंसिर ३

अल्पआयुमै ज्यान गुमाएका धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजका युवा रामचन्द्र महतोको असामयिक निधनप्रति जनमत पार्टीले शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । जनमत पार्टीले युवा महतोको असामयिक निधनप्रति शोक व्यक्त गर्दै ढल्केवरको पार्कमा दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
जनमत पार्टीको मिथिला नगरपालिका वडा न. २ नक्टाझिजका वार्ड सचिव समेत रहेको स्वर्गीय रामचन्द्र महतोप्रति ढल्केवरमा दिप प्रज्वल गर्दै श्रद्धाञ्जली अर्पण गरिएको जनमत पार्टी मिथिला नगरपालिका वडा नं. २ का अध्यक्ष पुण्यदिप लाल महतोले जानकारी दिएका छन् ।
सो कार्यक्रममा सहभागी जनमत पार्टीका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाले आफ्ना पार्टीका स्वराजी महतोलाई मृत्युको बाटो रोज्न विवश पार्ने दोषीलाई कानुनी दायरमा ल्याएर कारवाहीको माग गरेका थिए । स्वर्गीय महतोको आत्माको चिर शान्तिका लागि कामना गर्दै दिप प्रज्वलन गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ ।
सो कार्यक्रममा जनमत पार्टीका जिल्ला, पालिका र वडा स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको जनाएको छ ।
यता हिमालय युवा क्लव नक्टाझिजले शनिवार विहान महतोको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै शोकसभा तथा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ । मृत्तक रामचन्द्र महतो हिमालय युवा क्लवका सदस्य, हिमालय बहुउद्देश्य सहकारी संस्थाका संचालक समितिको सचिव तथा खानेपानी उपभोक्ता समिति नक्टाझिजका सचिव समेत रहेका थिए । क्लवले एक होनार युवा गुमाएको बताउँदै क्लवका अध्यक्ष अरुण कुमार महतोले शनिवार विहान ८ बजे क्लवकै प्राङणमा शोकसभा तथा श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको जानकारी दिएका छन् ।
सो कार्यक्रम क्लव, सहकारी, खानेपानीका पदाधिकारीका सम्पूर्ण पदाधिकारी, शुभेच्छुक, स्थानीयबासी लगायत सबैमा उपस्थितिको लागि अनुरोध गरेको क्लवले जनाएको छ ।
२६ वर्षीय महतोको गत कार्तिक ३० गते विहान असामयिक निधन भएको थियो ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर