Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल

प्रतिक्षा खबर
२०८१ फाल्गुन १५, बिहीबार १५:११

काठमाडौं १५, फागुन । जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले सरकारले संसदमा प्रस्तुत गरेको भूमि अध्यादेश बारे बृहत् अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दैछ ।

जसपा नेपाल निकट बौद्धिक पेशाकर्मी महासंघ नेपालले विभिन्न राजनीतिक दलका शीर्ष नेता र विज्ञहरुको सहभागितामा भूमि अध्यादेश उपर बृहत् अन्तरक्रिया गर्न लागेको हो ।

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी ब्याङ्केटको मैत्री हलमा शुक्रबार दिउँसो आयोजना हुने उक्त अन्तरक्रियामा जसपा नेपालका अध्यक्ष माननीय उपेन्द्र यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रित गरिएको छ ।

यसैगरी, एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जसपा नेपालका उपाध्यक्षद्वय राजकिशोर यादव र मृगेन्द्र सिंह यादवलाई प्रमुख वक्ताको रुपमा आमन्त्रण गरिएको आयोजकले जनाएको छ ।

विज्ञ वक्ताको रुपमा विजयकान्त कर्ण, डा. उमाशंकर प्रसाद, गोपीनाथ मैनाली, शेखर यादव, माधव देव र नागेन्द्र प्रसाद यादवलाई आमन्त्रित गरिएको छ ।

सरकारले ल्याउन लागेको ६ वटा अध्यादेश मध्ये भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हितमा नरहेको किटान गर्दै जसपा नेपालले त्यसको विपक्षमा मतदान गर्ने यसअघि नै औपचारिक निर्णय गरिसकेको छ ।

भूमि अध्यादेश पारित भए देशभरीकै सार्वजनिक जग्गाको चरम दुरुपयोेग हुने भन्दै जसपा नेपालको अडानले गर्दा ती अध्यादेशहरु अहिले संसदमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर