Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

कालोपत्रे सडकले गाउँको मुहार फेर्दै, मटिहानी नगरवासीमा उत्साह

प्रतिक्षा खबर
२०८२ असार १८, बुधबार १६:३५

गोपाल झा

महोत्तरी , अषाढ १८ गते

महोत्तरीको मटिहानी नगरपालिकाका वडा नं. ४ र ५ मा कालोपत्रे सडक निर्माण कार्य अगाडि बढिरहेको छ । शहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत भइरहेको यस परियोजनाले स्थानीयवासीको दैनीकी जीवनमा उल्लेखनीय परिवर्तन ल्याउने जनविश्वास रहेको छ ।

उक्त योजनाका अनुसार वडा नं. ४ स्थित मझौरा प्रवेशद्वारदेखि वडा कार्यालय बिसनपुर हुँदै वडा नं. ५ को गोबरौरा गाउँसम्मको करिब ४ किलोमिटर लम्बाइको मुख्य सडक कालोपत्रे गरिँदैछ । यस परियोजनाले करिब १५ हजार जनसंख्या प्रत्यक्ष रूपमा लाभान्वित हुने मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले जानकारी दिनुभयो ।

      नगर प्रमुख मण्डलले स्थानीय बासिन्दाका समस्या समाधान गर्नु हाम्रो दायित्व रहेको भन्दै यसको पूर्वाधार नै विकासको मूल आधार हो भनेका छन् । उनले  यो सडक योजनाले मटिहानीको समग्र विकासलाई नयाँ गति दिने बताउँदै  निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गरिने प्रतिबद्धता समेत जनाएका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागको सघन सहरी विकास कार्यक्रम अन्तर्गत मटिहानी नगरपालिकामा रु. २७,९९,७४,५७७ भ्याट बाहेक को विभिन्न विकास योजनाहरू सञ्चालित रहेको योजनाअन्तर्गत उक्त सडक निर्माणमा झण्डै ४ करोड रुपैयाँ खर्च हुने साइट इन्चार्ज प्रशान्त यादवले जानकारी गराएका हुन् ।

वर्षौंदेखि मझौरा, बिसनपुर र गोबरौरा क्षेत्रमा अव्यवस्थित, धुलाम्य तथा हिलाम्य सडकका कारण जनजीवन कष्टकर रहँदै आएको थियो । यातायात अवरुद्ध हुने, विद्यार्थीहरू विद्यालय जान समस्या भोग्ने, कृषिजन्य उत्पादन बजारसम्म लैजान कठिन हुने, र आकस्मिक स्वास्थ्य सेवामा ढुवानी समेत असहज हुने जस्ता स्थानीयहरूको अब कालोपत्रे सडक बनेपछि ती सबै समस्याबाट मुक्ति मिल्ने विश्वास स्थानीयहरूमा देखिएको छ । बिसनपुरका स्थानीय चन्देश्वर रजक भन्छन्, “सडक बनेपछि हाम्रो बालबालिकालाई विद्यालय जान सजिलो हुने छ, बिरामीलाई अस्पताल पुर्‍याउन समय लाग्दैन, अनि हाम्रो उत्पादन बजारसम्म सहजै पुग्नेछ ।           नगरपालिकाका इञ्जिनियर बिमलेश साहका अनुसार, योजनाको नियमित अनुगमन भइरहेको र निर्माण कार्य निर्धारित समयसीमा भित्रै सम्पन्न गर्ने कार्ययोजना बनाइएको छ । साथै, निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धतासहित प्राविधिक टोली सक्रिय रूपमा खटिएको जानकारी दिएका हुन् ।

त्यस्तै वडा नं. ४ का अध्यक्ष अब्दुर गफार राइनले भने, “सडक बनेपछि हाम्रो गाउँ पनि अब शहर जस्तै देखिनेछ । विकास अब यही बाटोबाट सुरु हुनेछ ।” उहाँले स्थानीय जनप्रतिनिधिहरू र बासिन्दाबीच सहकार्यमा योजना सफल हुने विश्वास व्यक्त गर्नुभयो ।           पूर्वाधार विकासमा जोड दिइएको यस परियोजनाले मटिहानी नगरपालिकालाई दीर्घकालीन रूपमा स्मार्ट नगरको अवधारणातर्फ डोर्याउने संकेत देखिएको छ । यातायात, व्यापार, शिक्षा र स्वास्थ्य सेवामा सुधार हुँदै गएकाले स्थानीय तहबाटै दिगो विकास सम्भव हुने उदाहरणको रूपमा यो सडक योजना अगाडि आएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर