Advertisement

जनकपुरधाममा नेपाल–भारत सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न

प्रतिक्षा खबर
२०७९ फाल्गुन १३, शनिबार १९:१४

रामगाेपालपुर, फागुन १३ गते ।
जनकपुरधाममा नेपाल र भारतका सुरक्षाकर्मीबीच सीमा जिल्ला सुरक्षा समन्वय समितिको बैठक सम्पन्न भएको छ।
शनिबार जनकपुरधाममा बसेको बैठकले सीमामा हुने अपराध, लागुऔषध ओसारपसार, सीमा स्तम्भको अवस्थालगायतको विषयमा छलफल भएको हो ।
शनिबारको बैठकले नेपाल भारतको सीमा क्षेत्रमा रहेको सीमा स्तम्भलाई अनुगन गरेर मर्मतसम्भार गर्नुपर्ने आवश्यक देखिएको खण्डमा मर्मतसम्भार गर्ने, लागुऔषधसहित अपराधिक क्रियाकलापलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय भएको जानकारी दिए।
संयुक्त बैठकले सीमा सुरक्षा व्यवस्थामा कडा गर्दै अपराधका सूचनाहरू एक–आपसमा आदानप्रदान गर्ने निर्णय गरेको छ।

बैठकमा नेपालको तर्फबाट धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरुको उपस्थिति रहेको थियो।
यस्तै भारतको तर्फबाट मधुवनी जिल्लाका जिल्ला अधिकारी अरविन्द कुमार वर्मा, बिहार प्रहरी, एसएसबीलगायतका सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर