Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको सम्पूर्ण तयारी पूरा

प्रतिक्षा खबर
२०७७ कार्तिक १, शनिबार १८:४९

नागेन्द्र कुमार यादव
रामगाेपालपुर,
महोत्तरीको औरही नगरपालिका ७ स्थित सोनामाई मन्दिरमा भुतमेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोनमाई मन्दिर परापूर्व कालदेखि नै भूतमेलाको लागि प्रख्यात छ ।
हरेक वर्ष वडादशैको चौठीदेखि सोनामाईमा लाग्ने भुतमेला यसवर्ष काेराेना महामारीकाे
कारण केही प्रभावित पर्ने छन । चौठिदेखि बिजयादशमीको दिनसम्म चल्ने यस भुतमेलामा हजारौ पीडित र दर्शनार्थीहरुको भिड लाग्ने गर्दछ ।
भुत,बोक्सा बोक्सी र दुष्ट आत्माले सताइएका हजारौ पीडितहरु प्रत्येक वर्ष यस मेलामा आउने गर्दछन् भने सोनामाईको असिम कृपाले यहाँबाट निको भएर जाने गरेको जनविश्वास रहिआएको छ ।
वर्षौदेखि भुत , पिसाच, कालो जादुटुना र बोक्साबोक्सीको कुचक्रमा परेर जीवन मृत्युको दोसाधमा परेकाहरु सोनामाईको सीमाक्षेत्रमा आउने बित्तिकै कसबाट सताईको बारे आफै भन्न थाल्छन् भने देवीको शक्तिले सीमाक्षेत्रमा खुट्टा टेक्ने बेलादेखि नै लड्दै , रुँदै हाँस्दै र विभिन्न गतिविधिका साथ खेल्दै देवी दरबारसम्म पुग्ने गर्दछन् । र दरबारमा पुगेका पीडितहरु माताको दृष्टिपरेपछि निको भई आ आफ्ना घर र्फकने गरेको पुजारी झगरु झाको भनाइ छ ।
सप्तमीदेखि बिजयादशमी सम्म चल्ने यस मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहट लगायत भारतका बिभिन्न शहरसम्मका हजारौ महिला र पुरुष पुग्ने गरेको कुरा स्थानीयहरु बताउँछन् ।
घर घरमा भूतप्रेतले रातदिन दूःखी र पीडित भएका कारनी पीडितहरु आआफ्ना घरबाट यहाँ आउँछन् भने सोनामाई शक्तिपीठबाट हाँस्दै जाने झाँक्रीहरुको दावी छ । सोनामाई शक्तिपीठमा दर्जनौ धामी झाँक्रीहरु रातदिन भजन किर्तन र भूत भगाउने काममा तल्लिन रहन्छन् भने २४ सै घण्टा माता प्रत्यक्ष विराजमान रहेर पीडितहरुको पीडा हरण गर्ने गरेको पूजारी झाले बताए । माताको दरबारमा एक पटक पुग्ने पीडितको शरीरमा जीवनमा फेरि कहिल्यै पनि भूत प्रेत र बोक्सा बोक्सीको शक्ति नलाग्ने पौरानिक विश्वास जनमानसमा रहेको छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर