साेनमा गाउँपालिकामा जनता समाजवादी पार्टी र नेकपा माओवादीका प्यानल अग्रस्थानमा रहेको दावी गर्दै जनताको मनोभावना बटुल्दै घरदैलो अभियान लागेको नेकपा माओवादीका तर्फबाट साेनमा गाउँपालिका लागि उपाध्यक्ष पदका उमेदवार दामाेदर प्रसाद यादवले बताए ।
साेनमा गाउँपालिकाबासी प्रती प्रतिबद्ध रही प्रभावकारी जनसहभागिता मुलक बिकासको योजना र अबधारणालाइ आत्मसात गर्दै जनता समाजवादी पार्टीकाे तर्फबाट साेनमा गाउँपालिकाका लागि अध्यक्ष पदका उमेदवार राज कुमार यादवले जनताको मनोभावना बटुल्दै घरदैलो कार्यक्रमलाई तिब्रता दिएका हुन् ।
साेनमा गाउँपालिकामा समाजिक र जनसेबाको क्षेत्रमा एक प्रभाबशाली युबा नेतृत्व मानिदै आएका अध्यक्ष पदका उमेदवार राज कुमार यादव जनसेबा कार्यको क्षेत्रमा प्रभावकारी भुमिका निर्वाह गर्दैआएका छन् ।
जसले साेनमा गाउँपालिका वासिको मन जितेर,हामी राज कुमार यादवलाई नै आफनो अमुल्य मत दिने साेनमा गाउँपालिकाका खैरबनि निवासि एक वृद्धले भने ।“साच्चिकै अबको रुपान्तरण बिकासका लागि साेनमा गाउँपालिकाको गाउँपालिका अध्यक्ष पद उनको लागी अपरिहार्य र आबश्यक रहेको“ स्थानिय साेनमा गाउँपालिकाबासिको भनाई छ ।







