Advertisement
ताजा खबर
शेख हसिनाको ९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफत थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी

हावाहुरी र असिनापानीले मधेसका किसान प्रताडित, क्षतिपूर्ति दिन माग

प्रतिक्षा खबर
२०८२ बैशाख १५, सोमबार १४:३९

१५ वैशाख, काठमाडौं। प्राकृतिक प्रकोपबाट पीडित मधेसका किसान प्रताडित भएका छन् । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा सांसद प्रभु साहले यसतर्फ ख्याल गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साहले हिजो राति (आइतबार राति) आएको हावाहुरी र असिनापानीका कारण मधेस पुरै किसान प्रभावित भएका छन् । उनका अनुसार बारा, रौतहट, पर्सा सहितका मधेसका जिल्लामा सर्वसधारणको बालीनालीमा क्षति पुगेको छ र जनजीवन प्रभावित भएको छ ।

आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको बताउदै उनले किसानलाई राहत आवश्यक रहेको बताए । प्राकृतिक प्रकोपबाट पीडितलाई राहत तथा अवरुद्ध सेवाहरु सुचारु गर्नका लागि उनले सरकारसँग माग गरे ।

‘किसानको आँप, लिचीसहित तरकारी खेतीमा क्षति पुगेको छ । गरिबका घरको छाना उडाएको छ भने कतिपयको घर भत्किएको छ । विद्युतका पोल ढलेर विद्युत अवरुद्ध छ, सञ्चार सेवा पनि अवरुद्ध हुँदा जनजिवन प्रभावित भएको छ,’ सांसद साहले भने ।

यसका साथै, हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडकखण्ड अन्तर्गतको कलैया बजार क्षेत्रमा पर्ने ३ किलोमिटर सडक वर्षौदेखि ठेक्का भएर पनि निर्माण नहुनुको कारण सरकारसँग जवाफ माग गरेका छन् ।

उनका अनुसार हुलाकी राजमार्गमा पर्ने मटिअर्वा–कलैया–पिलुवा सडक अन्तर्गतको कलैया बजार क्षेत्रमा पर्ने सडक निर्माण हुन नसक्दा सर्वसधारणले सास्ती खेप्नुपरेको छ । वर्षाका कारण अहिले हिलाम्य बनेको छ । १० वर्षौदेखि बनाउन सुरु गरिएको उक्त सडक ठेकेदारले समयमै नबनाउँदा समस्या भएको छ ।

यस सम्बन्धमा सरकारले ख्याल गर्नुपर्ने उनको आग्रह छ । ‘खासगरी प्रधानमन्त्रीसँग मेरो प्रश्न छ, त्यहाँबाट एमालेकै मेयर, विधायक र सांसद जितेको छ । भौतिक मन्त्री, अर्थमन्त्री पनि एमालेकै छ । प्रधानमन्त्री पनि एमालेकै छ । तर पनि ३ किलोमिटर सडक कालोपत्रे हुन नसक्नुको कारण के छ ? सरकारले जवाफ दिनुपर्छ’ उनले भने ।

सरकारकै लापरवाहीले मटिअर्वा–कलैया–पिलुवा सडक निर्माण सम्पन्न नहुँदा सर्वसाधारणले सास्ती खोप्न बाध्य भएको उनले बताए । ठेक्का लागेको वर्षौ भएपनि निर्माण कार्य किन तोकिएकै समयमा सम्पन्न भएन, त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग उनले गरे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर