Advertisement
ताजा खबर
लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेसलाई सघाउने लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाको निर्णय डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत मिथिला क्षेत्रमा जुडशीतल पर्व मनाइँदै जलेश्वरमा अमरेशविरुद्ध रास्वपाका कार्यकर्ताको नाराबाजी आशा भोसलेको निधन रास्वपालाई प्रचण्डको चेतावनी- संविधानमाथि छेडखानी भए सडक र सदनबाट प्रतिवाद गर्छौं इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित महाेत्तरी क्षेत्र नं४ बाट निर्वाचित गौरी यादव बनिन् उद्योगमन्त्री

नेपाली कांग्रेसकाे बैठकमा सभापति र वरिष्ठ नेताबीच बैठकमै चर्काचर्की

प्रतिक्षा खबर
२०७७ पुष ८, बुधबार १९:०९

संसद विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई कसरी लिने भन्नेमा अलमलिएको प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कमिटी बैठक लम्बिने देखिएको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले संसद विघटन असंवैधानिक भएकाले सडकमा उत्रिनुपर्ने बताएका छन् । तर सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने मुडमा देखिएका छन् । त्यसैले उनी मंगलबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकसमेत लम्ब्याउन लागेका छन् ।
मंगलबारको बैठकमा केन्द्रीय समितिका चार नेता बोलेका थिए । बुधबार पनि केन्द्रीय कार्यसमिति बैठक केहीबेर बस्यो र चार जना बोलेर सकियो ।
बैठकको सुरुमा बोलेका डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए। पूर्वअर्थमन्त्री समेत रहेका उनले अहिले निर्वाचन आर्थिक दृष्टिकोणमा पनि उपयुक्त नहुने धारणा राखे ।
नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए । होइन भने पदाधिकारी बैठकको निर्णय सच्याउनुपर्ने उनको तर्क थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको चुनाव नहुने बरु देश अँध्यारो सुरुङमा जाने भन्दै थापाले बैठकमा भने, ‘हामीले अदालतलाई पर्खिने होइन, संसद विघटन असंवैधानिक छ, यसलाई सच्याओस् भन्ने हो ।’ संसद विघटन असंवैधानिक छ भनेर सडकमा जानुपर्ने र संवैधानिक परिषद्ले गरेका निर्णयहरू अस्वीकार्य छ भनेर केन्द्रीय कार्यसमितिबाट भन्नुपर्ने उनले बताए ।
नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए । सडक र अदालत दुवै मोर्चामा यसको विरोध गर्नुपर्ने भन्दै ढुंगानाले भने, ‘सडकमा जाँदा कम्युनिस्टहरूसँग मिलेर होइन, कांग्रेसले एक्लै आदोलन गर्नुपर्छ । १६५ निर्वाचन क्षेत्रमा कार्यकर्ता परिचालन गर्नुपर्छ ।
चार नेता बोलेपछि सभापति देउवाले अहिले नै सडकमा जान हतार गर्न नहुने आशय व्यक्त गरे । संसद विघटनबारे परेको रिटमा सर्वोच्च अदालतको आदेश र नेकपाको आधिकारिकताको प्रश्नमा निर्वाचन आयोगको निर्णय पर्खिनुपर्ने उनको तर्क थियो ।
तर वरिष्ठ नेता पौडेलले त्यसको प्रतिवाद गरे । ‘कसले के भन्छ भन्ने छाडौं, कमसेकम हामीले के गर्ने त्यो भनौं’ उनले भने, ‘संसद विघटन असंवैधानिक छ, अलोकतान्त्रिक छ भनेर सडक जाऔं ।
बैठकमा सहभागी एक नेताका अनुसार सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की नै भएको थियो । त्यसपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ। एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ ।
बैठकमा वरिष्ठ नेता पौडेलले सडकमा जानुपर्छ भन्दा सभापति देउवाले पुस १६ मा कार्यक्रम गर्ने भनेका थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर