Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

बस दुर्घटना, तीन जनाको मृत्यु, २२ बढी घाइते

प्रतिक्षा खबर
२०८२ बैशाख १४, आईतवार १७:५७

सप्तरी, वैशाख १४। सप्तरीमा यात्रुबाहक बस अनियन्त्रिण भएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । २२ बढी यात्री घाइते भएका छन् ।

मृत्यु हुनेमा सप्तरीको सप्तीकोशी नगरपालिका–१ बस्ने ७५ वर्षीय रत्नबहादुर मगराती छन् । उनको गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । भने अन्य दुई जनाको सनाखत हुन सकेको छ । घटना स्थलमै मृत्यु भएका ४५ वर्षीय एक महिला र ४७ वर्षीय एकजना पुरुष को पहिचान खुलेको छैन । उनिहरुको शब गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याई सनाखत गराउने प्रयास भइ रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत आइतबार मध्याह्न १२ बजेतिर सप्तरीको कञ्चनरुप नगरपालिका १० बदगामा उदयपुरबाट विराटनगर तर्फ जाँदै गरेको प्र १–०१–००१ ख ३४२० नम्बरको यात्रुबाहक बस आफैं अनियन्त्रित भएर पल्टेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

डिएसपी काफलेका अनुसार मृत्यु भएकाहरु च्यापिएर गम्भीर भएका थिए । गम्भीर, मध्यम र समान्य गरी दुई दर्जन यात्रु घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको डिएसपी काफ्लेले बताए । बसमा ३५ जना सवार रहेका थिए ।

बस चालक झापाको मेचिनगर नगरपालिका ७ का ४७ वर्षीय अमृत दर्जी र बसलाई इलाका प्रहरी कार्यालय कन्चनपुरको नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर