Advertisement
ताजा खबर
मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन

☰

महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर पाण्डेय र ओभरसियर मण्डल भ्रष्टाचारी ठहर

प्रतिक्षा खबर
२०८१ असार २, आईतवार २२:०३

एकडारा, विशेष अदालत काठमाडौँले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सबइञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
आइतबार विशेष अदालतले गैरकानुनी लाभ लिएको एक मुद्दामा उनीहरूका साथै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर ठहर गरेको हो ।
आर्थिक वर्ष ०७९÷८० मा गाउँपालिकाको वडा नं १ अन्तरगतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले वैशाख १४ गते ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला सुनाएको हो ।
गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा ८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । उक्त रकमको दामासाहिले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा उल्लेख छ। विशेषले उनीहरूलाई तीन महिना कैद सजाय हुने भनेको छ ।
अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेश कुमार रायमाथि पनि सजाय निर्धारण गरेको छ । उनीबाट बिगो रकम अर्थात् दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने विशेषको फैसलामा उल्लेख छ ।
विशेषका न्यायाधिशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तीन जनालाई भने सफाइ दिएको हो ।
गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहले सफाइ पाएका छन् । अर्का प्रतिवादी महेन्द्र कुमार मण्डललाई पनि विशेषले सफाइ दिएको छ । उनी गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर