Advertisement
ताजा खबर
२ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण

☰

लखनऊलाई हराउँदै कोलकाताको चौथो जित

प्रतिक्षा खबर
२०८१ बैशाख २, आईतवार १९:४१

२ वैशाख, तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर फिलिप साल्टको उत्कृष्ट प्रदर्शनमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनऊ सुपर जायन्ट्सलाई ८ विकेटले हराउँदै चौथो जित हात पारेको छ ।
१६२ रनको लक्ष्य कोलकाताले १५.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर फिलिप साल्ट ४७ बलमा १४ चौका र ३ छक्कासहित ८९ रनमा नट आउट रहे । श्रेयस ऐर ३८ बलमा ६ चौकासहित ३८ रनमा नट आउट रहे । सुनिल नारायण ६ रनमा आउट भएका थिए । लखनऊका मोहसिन खानले २ विकेट लिए
त्यसअघि इडेन गार्डेन कोलकातामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ७ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लखनऊका निकोलस पुरनले ३२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४५ रन बनाए । क्विन्टन डि कक १०, लोकेश राहुल ३९, दीपक हुँडा ८, आयुश बदोनी २९ र मार्कस स्टोइनिसले १० रन बनाए ।
कोलकाताका मिचेल स्टार्कले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । वैभव आरोरा, सुनिल नारायण, बरुणचक्रवर्ती र आन्द्रे रसेलले १(१ विकेट लिए ।
कोलकाता ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थनमा छ । राजस्थान रोयल्स ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ ।
लखनऊ ६ खेलमा समान ३ मा जित र हारसहित ६ अंकका साथ पाँचौं स्थानमा छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर