Advertisement
ताजा खबर
आजदेखि लगातार ४ दिन सार्वजनिक बिदा दुर्गा प्रसाईंविरुद्ध पर्सामा अदालतमा मुद्दा दर्ता ७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ मनरा सिस्वा र गाैशाला नगरपालिकामा पानीमा डुबेर चार बालिकाको मृत्यु मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत मधेशमा जनमतका दुई मन्त्रीले दिए राजीनामा, जसपा नेपालका मन्त्री बर्खास्त गर्ने तयारी भन्सारले छोडेको पिकअप फेरि तस्करीमा पक्राउ भन्सार–तस्कर–बिचौलिया सेटिङमाथि थप शंका रामगाेपालपुर नगरपालिकामा प्रशासकीय भवन शिलान्यासकाे कार्यक्रम सम्पन्न जसपाका नेता विजयकुमारले त्यागे पार्टी विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

बालेनको ‘अल्टिमेटम’ सकियो, तर सरकारले पठाएन प्रमुख प्रशासकीय अधिकृत

प्रतिक्षा खबर
२०८१ चैत्र १९, मंगलवार १५:२१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत पठाउन अल्टिमेटम दिएका थिए ।

उनले गएको २४ गते फेसबुकमा सरकारकै दम्भका कारण प्रमुख कार्यकारी अधिकृत नपठाएको र सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब नपाएको लेखेका थिए । साथै एक हप्ताभित्र आफ्ना महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्नेसम्म लेखेका थिए ।

मेयर बालनले दिएको उक्त चेतावनी एक साता बितेको छ । तर अझैसम्म सरकारले आर्थिक अधिकार प्राप्त निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाएको छैन । मेयर बालेनका स्वकीय सचिव भूपदेव साहले यसबारे संघीय सरकारबाट पहल नै नभएको जानकारी दिए ।

‘मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र पठाइसकेका छौँ । मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत बिदामा राखेर अर्को माग्नुको कारण खोजेको थियो । त्यसको विस्तृतमा जवाफ पनि पठाइसकेका छौँ,’ साहले भने, ‘मन्त्रालयले एउटा आर्थिक अधिकार प्रदान गर्ने निमित्त प्रशासकीय अधिकृत अथवा सकिन्छ भने नयाँ प्रमुख प्रशासकीय अधिकृत पठाउनुपर्छ भन्ने माग हो ।’

प्रमुख प्रशासकीय अधिकृत पठाउनेबारे कुनै जानकारी नआएको साहको भनाइ छ । ‘हाम्रो अपेक्षाचाँहि तत्कालै बस्ने मन्त्रिपरिषदको बैठकबाट हुन्छ कि अब कसरी हुन्छ पठाइदिनुस् भन्ने माग छ । अहिलेसम्म आधिकारिक जानकारी आइसकेको छैन ।’

हाल महानगरका प्रमुख प्रशासकीय अधिकृत बिदामा भएकाले पठाउन नमिल्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णय नभई प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुने बताएको छ । मन्त्रालयका सूचना अधिकारी भूपेन्द्र सापकोटाले हालका अधिकृतको सरुवा नभई अर्को पठाउन नमिल्ने तर्क गरे । ‘अहिले प्रमुख प्रशासकीय अधिकृत बिदामा हुनुहुन्छ । उहाँ हुँदाहुँदै अर्को पठाउन मिल्दैन । त्यसमाथि अधिकृत पठाउन मन्त्रिपरिषदको निर्णय हुन आवश्यक छ,’ उनले भने, ‘मन्त्रिपरिषदको निर्णय भएर अहिलेका प्रमुख प्रशासकीय अधिकृतको सरुवा हुन्छ । र त्यहाँ पठाउने निर्णय हुन्छ ।’

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर