Advertisement
ताजा खबर
मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर दुर्गा भवानीको गुञ्जियो जयजयकार, नवरात्रको पहिलो दिन एकडारामा भव्य कलश शोभायात्रासहित घटस्थापना बिधि सम्पन्न ११ वर्षपछि गाउँब्लकवासीले पाए लालपुर्जा, एकडारामा २५० जग्गाधनीलाई वितरण दिग्गज बलिउड अभिनेता नाना पाटेकरको निधन चाडपर्व लक्षित महोत्तरीमा सुरक्षाब्यवस्था कडा , सीमामा २४ घण्टा निगरानी

☰

जसपा नेपाल महोत्तरी जिल्ला अधिवेशनअन्तर्गत मतदान सम्पन्न, आजै मतगणना हुने

प्रतिक्षा खबर
२०८२ बैशाख ५, शुक्रबार १८:२७

महोत्तरी, वैशाख ५ –
जनता समाजवादी पार्टी नेपालको महोत्तरी जिल्ला अधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि भएको मतदान आज शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। निर्वाचन समितिका अनुसार कुल ३३३ जना प्रतिनिधिमध्ये ३०९ जनाले मतदानमा सहभागी भएर उत्साहजनक सहभागिता देखाएका छन्।

मतदान आज दिउँसो १ बजेदेखि ४ बजेसम्म भएको थियो। निर्वाचन एक जना अध्यक्ष, दुई जना उपाध्यक्ष, एक जना सचिव, दुईजना उपसचिव, कोषाध्यक्षसहित कुल 6 जना पदाधिकारीको लागि मतदान सम्पन्न भएको छ । निर्वाचन समितिले मतदान प्रक्रिया सकिएको र आजै मतगणना गरी अन्तिम परिणाम घोषणा गरिने जानकारी दिएको छ।

निर्वाचन समितिका अनुसार मतदान स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तरिकाले सम्पन्न भएको छ। निर्वाचन प्रक्रिया पारदर्शी बनाउन आवश्यक सम्पूर्ण प्रबन्ध गरिएको थियो। मतगणना सकिएपछि नव-निर्वाचित नेतृत्वले औपचारिक जिम्मेवारी ग्रहण गर्ने तयारी गरिएको छ।

यसअघि वैशाख ३ गते अधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव थिए। उक्त उदघाटन कार्यक्रमा महासचिव रामकुमार शर्मा ‘ पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव, केन्द्रीय सदस्य दीपक झा ‘गुडु’ लगायत विभिन्न पार्टी का नेताहरू, प्रतिनिधिहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

जसपा नेपालको यो जिल्ला अधिवेशनले पार्टीको सांगठानिक सुदृढीकरणमा मात्र नभई, आगामी राजनीतिक दिशा निर्धारणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। नव-निर्वाचित नेतृत्वले जिल्ला तहमा पार्टीको प्रभाव विस्तार, नीति निर्माणमा सहभागिता र जनताको आवाज बुलन्द गर्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर