Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे छ – पुर्व कृषि मन्त्री यादव ।

प्रतिक्षा खबर
२०८१ पुष २४, बुधबार २१:२०

मधेशी जनताकाे त्याग र बलिदानकाे बलमा स्थापित संघियतालाई समाप्त पार्ने षडयन्त्र भईरहेकाे पुर्व कृषि मन्त्री तथा जसपा नेपालका कार्यकारिणि सदस्य हरि नारायण यादवले बताउनु भयाे ।सर्लाहीकाे मलंगवामा आयाेजित जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति सर्लाहीकाे बिस्तारित बैठकलाई सम्बाेधन गर्दै नेता यादवले मधेशी, आदिवासी,जनजाति तथा उत्पिडित जनतालाई संघियता आवश्यकता रहेकाेले शासकबर्ग यसलाई समाप्त पार्न विभिन्न खाले षडयन्त्र गरिरहेकाेले यसप्रति सबैलाई सचेत रहन आग्रह समेत गर्नु भयाे ।

बैठकमा जसपा नेपालका प्रदेश अध्यक्ष बाल किशाेर यादवले मुलुकमा नवितम साेचका साथ परिवर्तनका प्रमुख संवाहकका रूपमा जसपा नेपाल रहेकाे बताउदै अझै मुलुक विभिन्न साधन श्राेतमा जनजातिकाे पहुँच रहे पनि चाहे जस्ताे उपलब्धि हासिल गर्न नसकेकाे बताउदै मधेशी जनताले आन्दोलनकै दममा आफनाे पहिचान स्थापित गर्न सफल रहेकाे बताउनुभयाे । उहाँले अहिले पनि मधेशी जनता माथि विभिन्न किसिमकाे विभेद कायमै रहेकाले बिभेदलाई अन्त्य गर्न अझ शसक्तरूपमा संगठन निमार्णमा जुटन सबैलाइ आग्रह गर्नुभयाे ।

बैठकमा जिल्ला अध्यक्ष बिरेन्द्र कुमार रायले जनतासंग जसपा नेपाल ः आधारभुत संगठन निर्माण अभियान जाहे जस्ताे हुन नसकेकाे स्विकार गर्दै अझ शसक्त रूप अगाडि बढाउनु पर्नेमा जाेड दिनुभयाे ।
हाल सम्म जम्मा दस पालिकामा मात्र अभियान सञ्चालन गर्न सकेकाे बताउदै  पार्टीले सर्लाहीमा मात्रै तीस हजार सदस्य बनाउनु पर्ने लक्ष्य लिएकाे जानकारी समेत गराउनुभयाे । उहाँले वडा सम्मेलन समयमै सफलता पुर्वक सम्पन्न गर्न तदारूकताका साथ अगाडि बढनु पर्ने बताउदै उहाँले माघ मसान्त सम्ममा लिएकाे सदस्यता बिवरण प्रदेश कमिटीमा बुझाउनु पर्ने जानकारी दिनुभयाे । त्यसै गरि अध्यक्ष रायले पहिले सदस्यता लिएका संगठित सदस्यताकाहरूकाे नबिकरण गरि साेकाे बिवरण
फाल्गुण १५ गते सम्म प्रदेश कमिटिमा पठाई चैत्र १ गते देखि १२ गते सम्म वडा अधिवेशन गरीसक्नु पर्ने जानकारी गराउनुभयाे । त्यसै गरी वहाँले चैत्र १४ गते देखि २१ गते भित्र पालिका अधिवेशन गरिसक्नु पर्ने जानकारी गराउनु भयाे ।

त्यसै गरी चैत्र मसान्त सम्म सम्पुर्ण भातृ संगठन तथा जनबर्गिय संगठनकाे अधिबेशन गरिसकनु पर्ने समेत  जानकारी गराउनुभयाे । बैठकले माघ ५ गते सहिद दिवस भव्यताका साथ सम्पन्न गर्ने निर्णय गरिएकाे जानकारी गराउनु भयाे ।
साेही बैठकमा हालै सम्पन्न नेपाल पत्रकार महासंघकाे निर्वाचनबाट निर्बाचित हुनु भएका प्रेस मञ्च नेपाल केन्द्रीय सदस्य सत्य प्रकाश यादव तथा प्रदेश सचिव बन्दना झालाई जिल्ला अध्यक्ष बिरेन्द्र रायले दाेसला ओढाई सम्मान गर्नुभएकाे थियाे ।
बैठकमा पार्टीका नेता मुकेश पण्डितले स्वागत मन्तव्य राख्नु भएकाे थियाे भने कार्यक्रम सञ्चालन जसपा नेपाल जिल्ला कार्य समिति सर्लाहीका सचिव रंधिर यादवले गर्नु भएकाे थियाे ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय सदस्य प्रमाेद साह ,केन्द्रीय सदस्य किरण देवी , सुनैना देवी ,आरति झा, केन्द्रिय प्रचार प्रसार बिभाग सदस्य तथा प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनाेज यादव ,प्रदेश सदस्य बिजय यादव लगायतका नेताहरूकाे उपस्थिति रहेकाे थियाे ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर