Advertisement
ताजा खबर
जलेश्वरस्थित होमियोप्याथी सेवाप्रति बिरामीको बढदै विश्वास , दैनिक २०–३० जनाले लिँदै उपचार सेवा विरोधपछि ‘मधेश प्रदेश आम सञ्चार विधेयक, २०८२’ तत्कालका लागि रोकियो ‎सर्लाहीमा १२ लाखभन्दा बढी मूल्यको अवैध मदिरा र पिकअपसहित दुई जना नियन्त्रणमा पत्रकारितामै खर्चिएको जीवन नेपालको जलस्रोत’ सार्वजनिक, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह कक्रोच जनता पार्टीको ३६ दिने आन्दोलनपछि भारतीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा ई हमर घर मात्रे टा नै अछि, ई हमर जडि़, ई हमर बचपनाक स्मृति अछि आ हमर संस्कारक जीवित इतिहास अछि मधेश सरकारको सञ्चार नीतिप्रति साङ्गठनिक विरोध: एकपक्षीय निर्णय र संस्था समाप्त पार्ने खेल रोकियोस् सोनम वाङचुकले तोडे २६ दिने अनशन सर्लाहीको नारायणपुर नाकाबाट भारततर्फ लैजान लागिएको मदिरा बरामद

मिथिलामा आज ‘जुडशीतल’ पर्व मनाइँदै

प्रतिक्षा खबर
२०८२ बैशाख २, मंगलवार ०९:२३

महोत्तरी, बैशाख २ । मिथिलामा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । सोमवार ‘सतुवाइन’ मनाइएको यस क्षेत्रमा आज जुडशीतल मनाइँदैछ । विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।

वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ । यसैगरी दोस्रो दिन (वैशाख २ गते) घरपरिवारका ज्येष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।

मिथिलामा घरका कूलदेवताको पूजाआराधना गरिने थोरै पर्वमध्ये जुडशीतल पर्दछ । यस पर्वमा पकाइने सबै खाद्य परिकार इष्टदेवता कूलदेवतालाई चढाउने परम्परा छ । बढ्दो गर्मीबीच मनाइने यो पर्वमा दहीको प्रयोगमा जोड दिइन्छ । त्यसैगरी गुणकारी सोहिजनको तरकारी, चनाको पीठोको बेसनबाट ‘बरी’ पकाएर ‘कढीबरी’, काँचो केरा, लौका, परवलसहितका तरुवा पर्वका खास परिकार मानिन्छन् ।

नयाँ वर्र्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यस पर्वमा सुपाच्य र शरीरलाई स्वस्थ्य राख्ने चनाको सातु, दाल, सोहिजनको तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर कढी पकाएर खाइने परम्परा रहेको छ ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरूआज मध्याह्न साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्ने तयारीमा छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर