Advertisement
ताजा खबर
थुनामुक्त भए एमालेका पूर्वसांसद कोइरी निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान

मधेशमा गठबन्धनको सिट बाँडफाँट : जसपालाई आधा, बाँकी अरु पार्टीलाइ

प्रतिक्षा खबर
२०७९ आश्विन १३, बिहीबार १७:०४

१३ असोज, काठमाडौं । सत्ता गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँटको सहमति नजिक पुगेका छन् ।
सिट बाँडफाँटमा सहमति जुटाउन गठित कार्यदलका सदस्यहरुका अनुसार प्रतिनिधिसभाको १६५ मध्ये अधिकांश क्षेत्रमा सहमति जुटेको छ । केही क्षेत्रमा दुईवटा दलको दाबी छ र आपसमा सम्वाद गरेर सल्टाउने समझदारी भएको छ ।
प्रदेशसभाको सिट बाँडफाँटका लागि कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले क्षेत्रगत प्रस्ताव ल्याएका छन् । त्यसमा छलफल चलिरहेको एक सदस्यले बताए ।
अहिलेसम्मको छलफल हेर्दा देशभरमा मोटामोटी आधा सिट कांग्रेसले लिएर बाँकी अरु दलले बाँड्ने जस्तो देखिएको छ । मधेश प्रदेशमा भने आधा सिट जनता समाजवादी पार्टी (जसपा)ले पाउने र बाँकी अरु दलले बाँड्ने देखिएको छ ।
मधेश प्रदेशको ८ जिल्लामा हरेक जिल्लामा ४ अर्थात कुल ३२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । कार्यदलका एक सदस्यका अनुसार बारा क्षेत्र नम्बर १ कांग्रेसले पाउने भएको छ भने २ र ३ जसपाले लिनेछ ।
बारा ४ एकीकृत समाजवादीले पाउने छ । तनहुँ १ वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छाडेका एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ किसानका लागि कांग्रेसले यो क्षेत्र छाडेको हो ।
पर्सा १ र २ जसपाको भागमा पर्ने निश्चितजस्तै छ । कांग्रेसले ४ पाएको छ । पर्सा ३ मा भने कांग्रेस र जसपा दुबैको दाबी छ ।
रौतहट १ एकीकृत समाजवादीले लिने छ । यहाँ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल उम्मेदवार बन्ने निश्चितजस्तै छ । रौतहट २ र ४ कांग्रेसले लिने भएको छ । रौतहट ३ मा सुरुमा माओवादी केन्द्रको दाबी थियो । तर अब जसपाले लिने सम्भावना बढेको कार्यदलका एक सदस्य बताउँछन् ।
सर्लाही १ जसपाले लिएको छ भने २ पनि उसले पाउने सम्भावना छ । यद्यपि यो क्षेत्रमा माओवादी केन्द्रको पनि दाबी छ । सर्लाही–३ माओवादीले लिने छ भने ४ कांग्रेसको भागमा परेको छ ।
महोत्तरीको १ माओवादी २, कांग्रेसले लिनेछ भने क्षेत्र नम्बर ३ र ४ जसपाले लिने लगभग सहमति जुटेको कार्यदलका एक सदस्य बताउँछन् ।
धनुषाको १ माओवादीले पाउने छ भने ४ कांग्रेसले । जसपाले २ र ३ मा दाबी गरेको छ । २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रको पनि दाबी छ ।
सिरहा १ कांग्रेसले लिनेछ भने ४ मा जसपाको दावी छ । सिरहाकै निर्वाचन क्षेत्र नम्बर २ र ३ मा जसपासँगै अरु दलको पनि दाबी छ । कार्यदलका एक सदस्य भन्छन्, ‘सिरहा २ बारे कांग्रेस र जसपाबीच र ३ मा जसपा र माओवादीबीच सहमति खोज्ने समझदारी भएको छ ।’
सप्तरी क्षेत्र नम्बर १ जसपा र ४ कांग्रेसले लिने सहमति भएको छ । २ जसपा अध्यक्ष उपेन्द्र यादवको क्षेत्र हो । यहाँ कांग्रेसले पनि दाबी गरेको छ भने क्षेत्र नम्बर ३ मा कांग्रेस र जसपा दुबैको दाबी छ । एक नेता भन्छन्, ‘सप्तरीको ४ क्षेत्रमध्ये कांग्रेसले २ र जसपाले २ लिने सम्भावना छ ।’
यसरी हेर्दा मधेश प्रदेशका ३२ मध्ये १४/१५ सिट जसपाले पाउनेछ भने बाँकी १६/१७ सिट कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाउनेछन् । यसमा माओवादीको ३ र एकीकृत समाजवादीको २ सिट निश्चित भएको छ भने अरु कांग्रेसले पाउने देखिएको कार्यदलका सदस्यहरु बताउँछन् ।
प्रतिनिधिसभामा आधा सिट पाएको जसपाले प्रदेशमा पनि त्यही हाराहारी पाउने देखिएको छ । कार्यदलका एक सदस्यका अनुसार प्रदेशसभाको ६४ सिटमध्ये ३०/३२ सिट जसपाले पाउने सम्भावना छ भने बाँकी अरु दलहरुले लिने छन् ।
कांग्रेसले २१/२२, एकीकृत समाजवादीले ८ र माओवादी केन्द्रले जम्मा ४ सिट पाउने सक्ने भन्दै कार्यदलका एक सदस्य भन्छन्, ‘अहिले हामी छलफलमै भएकाले एकाध सिट तलमाथि र साटफेर हुनसक्छ

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर