Advertisement
ताजा खबर

६ जना इजरायली बन्दीको शव भेटियो

प्रतिक्षा खबर
२०८१ भाद्र ४, मंगलवार २०:४८

तेल अभिभ । गाजापट्टीमा ६ जना इजरायली बन्दीको शव भेटिएको इजरायली सेनाले बताएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले जारी गरेको विज्ञप्ति अनुसार यागेभ बुच्श्ताब, आलेक्जान्डर ड्यान्सिग, अवराहम मन्देर, योराम मेत्जेगर, हाइम पेरी र बेलायती–इजरायली नागरिक नादेभ पोपलवेलको शव भेटिएको हो ।

यी सबैको शव सोमबार खान युनिस क्षेत्रमा भेटिएको समाचारमा उल्लेख छ।

अवराहम मन्देरबाहेक पाँच जनाको मृत्यु भइसकेको यसअघि नै इजरायलले घोषणा गरिसकेको थियो । मन्देरको भने खोजीकार्य जारी थियो ।

आईडीएफले सुरक्षा एजेन्सी शिन बेटसँग मिलेर खोजी कार्य गरिरहेको थियो । हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा आक्रमण गरेर करिब २५० जनालाई बन्दी बनाएको थियो । यी छ जना पनि अक्टोबर ७ मै अपहरणमा परेका थिए । गाजामा हमासको कब्जामा अब १०९ इजरायली बन्दी बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर