Advertisement
ताजा खबर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन रोक्ने सरकारको निर्णय सर्वोच्चद्वारा बदर नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ११ वर्ष र पूर्वगृहमन्त्री खाणलाई ५ वर्ष ३ महिना कैद एकडारा गाउँपालिकामा करोडौँको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायी आन्दोलित, प्रशासनमार्फत तीनबुँदे माग जनमतका सप्तरी जिल्ला कोषाध्यक्ष बलात्कार र ठगी आरोपमा पक्राउ हाँ, ठीके हम देखलौ तागत रूपैयाक… जखन समाजक तराजू पर मनुष्य नहि, नोट तौलल जाइत अछि महोत्तरीमा ४८७ किलोभन्दा बढी गाँजा बरामद, ट्रक चालकसहित दुई पक्राउ बलवा नगरपालिका साक्षर घोषणा : ९६.४३ प्रतिशत साक्षरता हासिल गर्दै महोत्तरीको बलवा बन्यो साक्षर नगरपालिका हँ, हम गमछा छी थमन विक हत्या प्रकरणः पुर्व सांसद लक्षमी महतो कोईरी जलेश्वर कारागार चलान मनरा सिसवा नगरपालिका महोत्तरीको तेस्रो साक्षर पालिका घोषणा, ९६.२ प्रतिशत नागरिक साक्षर

प्रेम विवाहकै कारण आफन्तकाे गयाे ज्यान

प्रतिक्षा खबर
२०८१ फाल्गुन १४, बुधबार २१:५१

१४ फागुन, काठमाडौं । एउटा जोडीले भागेर विवाह गरेको विषयलाई लिएर मंगलबार दिनभर नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नम्बरको भ्यान नै जलाइदिए ।

जनताको सुरक्षा गर्नुपर्ने प्रहरीले आफ्नै गाडीको सुरक्षा गर्न नसकेको भन्दै आलोचना समेत भयो । प्रहरीले भने प्रदर्शनकारीको ज्यान जोगाउन खोज्दा भ्यान जलेको दाबी गरेको छ ।

पालिनन्दन गाउँपालिका-३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोस थियो, मंगलबारको घटना । धोबीले खातुनलाई भगाएर विवाह गरेपछि केटा र केटी पक्षबीच करिब दुई महिनादेखि विवाद हुँदै आएको थियो ।

एक प्रहरी अधिकृतका अनुसार सोमबार मात्रै केटी पक्षले केटाका भाइलाई ‘हाम्री छोरी कहाँ बेपत्ता पारिस्’ भन्दै कुटपिट गरेका थिए । आफ्नो मान्छे कुटिएपछि त्यसको बदला लिन भन्दै केटा पक्षका मान्छेहरु केटीको घर पुगे । त्यही बेला झडप भएको प्रहरीको भनाइ छ ।

केटीका दाइले पिकअप भ्यानले ठक्कर दिएर दुई जनालाई घाइते समेत बनाएका थिए । घाइतेमध्ये विजय धवलको मृत्यु भएको छ । गाडीको ठक्करबाट घाइते भएका अर्का व्यक्ति वैद्यनाम लौनियको भने उपचार भइरहेको नवलपरासी पश्चिमका एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

त्यसपछि केटा पक्षले केटीको दाइको कवाडी पसलमा आगजनी गरेका थिए । यही आगजनीमा पर्न लागेका एक व्यक्तिलाई उद्धार गरेर लैजाने क्रममा प्रहरीको भ्यान जलेको प्रहरीको भनाइ छ । उक्त पसलमा आगजनी भएपछि छतमा रहेका मोहरम पबरियालाई इलाका प्रहरी कार्यालय महेशपुरको टोलीले उद्धार गरेको थियो ।

पालिनन्दन गाउँपालिका-३ बेलासपुरकी सहाना खातुन र सोही ठाउँका युवा डाक्टर धोबीबीचको प्रेम सम्बन्ध र विवाहले नित्याएको आक्रोस थियो नवलपरासी घटना ।

पबरियालाई उद्धार गरी प्रहरीले भ्यानमा हालेर सुरक्षित स्थानतर्फ लैजाँदै थियो । त्यही बेलामा प्रदर्शनकारीहरुको आक्रमणमा भ्यान परेको नवलपरासी पश्चिमका सहायक सीडीओ भविश्वर घिमिरे बताउँछन् । ‘सुरुमै प्रदर्शनकारीले गाडी रोकेर टायरमा आगजनी गरेपछि प्रहरी भ्यान जल्यो,’ उनले भने ।

प्रदर्शनकारीले भ्यान रोकेपछि प्रहरी पबरियालाई जोगाउन लागेपछि निशानामा प्रहरीको भ्यान परेको बताइन्छ । भ्यान जलाएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । सरकारी सम्पत्ति नष्ट गरेकाले उनीहरुमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

१ फागुन २०७९ मा बालाजुमा प्रदर्शनमा उत्रिएका यातायात मजदुरले प्रहरीको भ्यान जलाएका थिए । १३ पुस २०८० मा दुई जनाको ज्यान गएको ललितपुरको बालकुमारी घटनामा पनि प्रदर्शनकारीले मन्त्रीकै गाडी जलाएका थिए । यी घटनाले आन्दोलनकारीको निसानामा सरकारी गाडी पर्दै गएको देखिन्छ ।

मंगलबारको घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड हवाई फायर र ५ राउन्ड अश्रु ग्याँस प्रहार गरेको थियो । सशस्त्र प्रहरीले पनि ६ राउन्ड अश्रु ग्यास र १ राउन्ड हवाई फायर गरेको थियो । झडपमा १२ नेपाल प्रहरी र ६ सशस्त्र प्रहरी घाइते भएका थिए ।

बेलैमा सजगता अपनाएर स्थिति नियन्त्रणमा लिएकाले ठूलो क्षति हुनबाट जोगिएको सुरक्षाका निकायको विश्लेषण छ । ‘दुई समुदायबीच द्वन्द्व भएर स्थिति भड्किने अवस्था थियो । तर हामीले संयमता अपनाउँदै बेलैमा स्थिति नियन्त्रणमा लिएकाले ठूलो दुर्घटना हुन पाएन,’ एक सुरक्षा अधिकृतले  भने ।

स्थिति नियन्त्रणमा लिनका लागि १ सय ७८ जना सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ । नवलपरासीकै छिमेकी जिल्लाहरुबाट समेत प्रहरीको टोली मगाइएको थियो

घटना हुँदा सीडीओविहीन थियो नवलपरासी

४ फागुनमा खोटाङको हलेसी बजारमा आगलागी हुँदा खोटाङ प्रमुख जिल्ला अधिकारी (सीडीओ)विहीन थियो । सीडीओ नहुँदा आगो नियन्त्रणमा समेत समस्या परेको थियो । खोटाङकै जस्तो घटना हिजो मंगलबार नवलपरासी पश्चिममा पनि दोहोरियो ।

मंगलबार बिहानबाटै दुई पक्षबीच झडप भएर एक जनाको ज्यान जाँदा नवलपरासी पश्चिम सीडीओविहीन थियो । गृहमन्त्रीस्तरीय निर्णयबाट ९ फागुनमा दुई सीडीओको सरुवा गरिएको थियो । जसमा नवलपरासी पश्चिमका सीडीओ स्किम श्रेष्ठलाई मकवानपुर सरुवा गरियो ।

मंगलबार बिहानबाटै दुई पक्षबीच झडप भएर एक जनाको ज्यान गयो भने १२ जना घाइते भए । यति ठूलो घटना भइरहँदा नवलपरासी पश्चिम भने सीडीओविहीन थियो ।

रौतहटका सीडीओ हिरालाल रेग्मीलाई नवलपरासी पश्चिम सरुवा गरिएको थियो । सोमबार साँझ मात्रै नवलपरासी पश्चिमबाट स्किम श्रेष्ठ बिदा भएकी थिइन् । नयाँ सीडीओ रेग्मी हाजिर भइसकेका थिएनन् । तर मंगलबार बिहानैदेखि नवलपरासी पश्चिम तनावग्रस्त बन्यो । घटनामा एक जनाको मृत्यु र दर्जनौं घाइते भए ।

स्थिति तनावग्रस्त बनेपछि मंगलबार राति नै सीडीओ रेग्मी नवलपरासी पश्चिममा हाजिर भएका थिए । घटना भएको जानकारी पाउनासाथ बिदा क्यान्सिल गरेर हाजिर भएको रेग्मीले बताए ।

दुई पक्षबीच छलफल गरेर मिलाउने तयारी

अहिले दुई पक्षबीच छलफल गरेर घटना मिलाउने तयारी गरिएको छ । केटा र केटी पक्ष दुवैलाई छलफलमा बोलाएर घटनाबारे यथार्थ बुझ्ने र विवाद मिलाउन प्रयास गरिने सीडीओ रेग्मीले बताए । ‘म भर्खरै हाजिर भएको छु । दुई पक्षबीचको विवादबारे छलफल गरेर विवाद सुल्झाउने प्रयास हुनेछ,’ रेग्मीले अनलाइनखबरसँग भने ।

दुई पक्षबीच विवाद हुँदा गाडीले किचेर गम्भीर घाइते भएका केटाका दाजु भनिएका ३५ वर्षीय विजय धवलको मृत्यु भएको थियो । उनको शव पोस्टमार्टम गरी परिवारलाई बुझाइने प्रहरीले बताएको छ ।

मंगलबार दिनभरजसो अस्तव्यवस्त बनेको नवलपरासी पश्चिम अहिले सामान्य अवस्थामा फर्केको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर