Advertisement
ताजा खबर
मोइनको अर्धशतकमा जनकपुरको पहिलो जित, काठमाण्डु ८ विकेटले पराजित पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गरेको आरोपमा १० विदेशी नागरिक पक्राउ महोत्तरीको सोनमा–५ खैरबनीमा ठूलो सडक दुर्घटना, दुर्घटनाको कारणबारे प्रश्न एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने सोनमा गाउँपालिकामा रास्वपाद्वारा दीपावली तथा छठको शुभकामना आदानप्रदान: सद्भाव र एकतामा जोड सोनमा गाउँपालिकामा विजया दशमी, दीपावली, छठ र सामाचकेवा पर्वको अवसरमा शुभकामना आदान-प्रदान सम्पन्न जनकपुरधाममा पत्रकार ध्रुव झामाथि कुटपिट, घटनाको निन्दा महोत्तरीमा एमाले रामगोपालपुर नगर कमिटीद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दुई विमान हावामै ठोक्किए, चारै पाइलटको मृत्यु सोनमा गाउँपालिकामा रास्वपाबाट डा. अशोक कुमार यादवको चर्चा चुलिँदै

☰

गजेन्द्रनारायण क्रान्तिकारी नेता : यादव

प्रतिक्षा खबर
२०८१ माघ १०, बिहीबार २०:४०

 जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह  क्रान्तिकारी नेता भएको बताएका छन् ।  तर  उनको साथमा रहेका नेताहरू स्वार्थी रहेको यादवको भनाइ छ ।

गजेन्द्रनारायण सिंहको २४ औँ स्मृति दिवसको उपलक्ष्यमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आयोजना गरेको “गजेन्द्रबाबुको चिन्तन र मधेशको भावी कार्यदिशा”  विषयक अन्तरक्रिया कार्यक्रममा उनले गजेन्द्रबाबुले प्रजातन्त्रका लागि क्रान्ति गरेको भएपनि उनले आफ्नो टिम बनाउन नसकेको बताए ।

देशमा थुप्रै परिवर्तन भएको उल्लेख गर्दै यादवले त्यसका लागि गजेन्द्रनारायणले निकै सङ्घर्ष गरेको  बताए । देशमा परिवर्तन भएपनि खस आर्यको शासन प्रणालीमा परिवर्तन नभएको बताउँदै यादवले भाषा, संस्कृतिमा कुनै परिवर्तन नआएको बताए । त्यस्तै, देशको ब्राह्मणवादी सोचमा पनि परिवर्तन नआएको उनले बताए ।

देशमा लोकतन्त्रका लागि प्रक्रिया सुरु भएपनि स्थापना नभएको बताउँदै उनले राजनीति प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए । अहिले यथास्थितिमा मधेसले आन्दोलन गरेपनि मुक्ति प्राप्त गर्न नसक्ने यादवले बताए ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर