Advertisement
ताजा खबर
रामगोपालपुर वडा नं. ४ र ५ को बजार क्षेत्रमा खुला मदिराको अवैध बिक्री तीव्र: प्रहरीको मिलेमतो रहेको स्थानीयको आशंका, चाडबाडमा भक्तजन त्रसित मधेशमा एमाले र जसपा नेपालको गठबन्धनमा नयाँ सरकार बनाउने गृहकार्य तीव्र २ समूहबीच झडप हुँदा एकै परिवारका ५ जना घाइते मधेश प्रदेशमा पुनः मुख्यमन्त्री बन्न सरोज कुमार यादवको चर्चा, विकासप्रेमी नेताका रूपमा लोकप्रिय मधेश प्रदेश सरकारबाट एमालेका चार मन्त्रीले दिए सामूहिक राजीनामा सर्वोच्च अदालतको फैसला : धर्म परिवर्तन गरेपछि जातीय आरक्षण नपाइने राष्ट्रपतिले जारी गरे दुई अध्यादेश दुलही झैं सिंगारिए रामगोपालपुर बजार सर्वोच्चको आदेशकाे पर्खाइमा पूर्व सांसद काैशल कुमार यादव महोत्तरीको एकडारास्थित ऐतिहासिक महारानी माई स्थान संरक्षणको अभवमा साँघुरिँदै आस्थाको धरोहर

☰

पूर्वगृहमन्त्री लामिछानेसँग पर्सा प्रहरीले लियो मौखिक बयान

प्रतिक्षा खबर
२०८१ मंसिर २४, सोमबार २१:५०

वीरगन्ज । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग पर्सा प्रहरीले मौखिक बयान लिएको छ ।

सहकारी रकम हिनामिनाबारे अनुसन्धानका क्रममा लामिछानेलाई सोमबार पोखराबाट काठमाडौँ हुँदै वीरगन्ज ल्याइएको हो । प्रहरीले लामिछानेसँग सोमबार सामान्य सोधपुछमात्र गरेको बताइएको छ ।

लामिछानेको औपचारिक बयान मंगलबार लिइने प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयसँग समन्वय गरी मंगलबार औपचारिक बयान लिइने पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालयकै भीआईपी बस्ने कोठामा सुत्ने व्यवस्था गरिएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनलाई प्रहरी अधिकारीहरू आएको बेला बस्ने भीआईपी कोठा उपलब्ध गराइएको हो ।

पर्सा प्रहरी प्रमुख ढुंगेलले भने लामिछानेलाई भीआईपी सुविधा उपलब्ध नगराइएको बताएका छन् ।

वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन मुद्दामा सभापति लामिछानेको समेत संलग्नता देखिएपछि पर्सा प्रहरीले जिल्ला अदालतबाट लामिछानेविरुद्ध पक्राउ पुर्जीको माग गरेको थियो । सोही आधारमा पर्सा जिल्ला अदालतले लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

कास्की प्रहरीको हिरासतमा रहँदै आएका लामिछानेलाई बयानका लागि पर्सा ल्याइएको हो । बयान सकेर उनलाई कास्की प्रहरीको जिम्मा लगाइने बताइएको छ ।

तपाईको प्रतिक्रिया !

ADVERTISEMENT

ताजा खबर

सम्बन्धित खबर